Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

सहज बन्दै आपूर्तिः व्यापारी भन्छन्, ‘मान्छे हिँड्न नदिने अनि पसल खोलेर मात्रै के गर्ने ?’

काठमाडौं । सरकारले देशमा लकडाउन गरे पनि दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्न पसल खुल्ला राख्न भनेको छ तर व्यापारीले भने ग्राहक नभएको भन्दै खुला राखेका छैनन् । सरकारी मातहतमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले समेत आफ्नो बिक्री केन्द्र बिहीबार २ बजे नै बन्द गर्‍यो ।

आजको गोरखापत्र दैनिकमा खबर छ - कर्पोरेसनका प्रवक्ता ब्रजेश झाले पसलमा ग्राहक नै नआएपछि दिनभरि खोल्नुको अर्थ नरहेको बताए । सडकमा मान्छे हिँड्न नदिने अनि पसल खोलेर मात्रै के गर्नेरु यस विषयमा स्पष्ट नभएसम्म पसल मात्रै खोलेर अर्थ नहुने उनको भनाइ छ । शुक्रबार बिक्री केन्द्र के कसरी खोल्नेबारे निश्चित भएको छैन, उहाँले थप्नुभयो, यस विषयमा सरकारबाट कुनै निर्देशन आउला अनि त्यही अनुसार अगाडि बढ्छौँ ।

सरकारले मुलुकभर लकडाउन गरेपछि खाद्यान्न तरकारी तथा फलफूलको विवरण न्यून भए पनि नियमित भइरहेको छ । काठमाडौं रहेको कालीमाटी फलफूल तथा तरकारी बजारमा न्यून तर नियमित रूपमा तरकारी आइरहेको छ भने उपत्यकाको खाद्यान्न विवरण पनि नियमित भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले तरकारी आपूर्ति न्यून रूपमा भए पनि आइरहेको जानकारी दिए ।

पौडेलका अनुसार कालीमाटी तरकारी बजार बिहानको समयमा खुल्ने गरेको छ । बुधबार र बिहीबार बिहान ८ बजेसम्म मात्रै तरकारी बजार खुला भएको थियो । शुक्रबारदेखि भने सर्वसाधारणका लागि राति २ बजेदेखि बिहान ७ बजेसम्म मात्रै खुला गर्ने भएको छ ।

उनले बजारमा अन्य समयको जति परिणामको तरकारी बजारमा नभित्रिए पनि तरकारी आउन नरोकिएको बताउँदै आएको तरकारीलाई व्यवस्थित तरिकाबाट बिक्री वितरणको व्यवस्था गरिएको जानकरी दिए ।

सरकारले देशकै ठूलो कालीमाटीस्थित फलफूल तथा तरकारी बजार बिहीबारदेखि उपत्यकाबाहिरबाट बजारमा भित्रिने तरकारी भने जुनसुकै बेला आउन सक्नेछ । सरकारले बिहीबारदेखि नै लागू हुने गरी यस्तो निर्णय गरेको हो । समितिका कार्यकारी निर्देशक पौडेलले कालीमाटी बजार थोक बजार भएकाले २ बजेदेखि ७ बजेसम्म पर्याप्त हुने बताए ।

समितिका अनुसार बिहीबार ३७० मेट्रिक टन तरकारी भित्रिएको छ भने बुधबार ४०० मेट्रिकटनको हाराहारीमा तरकारी आएको थियो । बजारमा तरकारी कम आए पनि मूल्य भने सामान्य रहेको समितिका कार्यकारी निर्देशक पौडेले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy