काठमाडौं । कोरोना सङ्क्रमण ९कोभिड–१९० को खतराका कारण सरकारले गरेको लकडाउनको समयमा बालबालिकालाई सुरक्षित तवरले घरमा राख्नुपर्ने विज्ञहरूले बताएका छन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ - चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशी भन्छन्, ‘यस्तो समयमा मोबाइल वा इन्टरनेटमा समय बिताउनु बाध्यता हो । घरबाट बाहिर जान र साथीभाइसँग भेट्न नपाउने बेलामा यस्तो सामाजिक सञ्जाल, इन्टरनेटमा गेम खेल्नु स्वाभाविक हो ।’ उनी बालबालिकासँग सम्बन्ध प्रगाढ बनाउन सुझाव दिन्छन् ।
उनले मोबाइल चलाउँदा पनि सुरक्षित तरिकाले चलाउँदा आफू र समाजलाई फाइदा हुनुका साथै स्वास्थ्यलाई पनि असर नपर्ने जानकारी दिए । अरू बेला कार्यालय, विद्यालय जाने हतारो हुन्छ । त्यो बेला गर्न नपाएका धेरै काम हुन्छन्, जुन अहिले हामीले गर्न सकिने प्रस्ट पार्दै उन थप्छन्, ‘मोबाइल चलाउनु परेमा पनि बालबालिकालाई सँगै राखेर चलाउनुपर्छ । यसबाट बालबालिकाले के हेरिरहेका छन् भनी अभिभावकलाई थाहा हुन्छ ।’ हामीले इन्टरनेटबाट सुविधा लिन सक्नुपर्ने र त्यसलाई नशा बनाउन नहुने सुझाव दिँदै उनले भने, ‘मोबाइल चलाउने पनि समय निश्चित बनाउनुपर्छ ।’ अभिभावक र बालबालिका सँगै बस्ने समय मिलेकाले बालबालिकालाई धेरैभन्दा धेरै कुरा सिकाउन सकिने उनको सुझाव छ ।
पूर्वबाल्यावस्थाको विकास सम्बन्धमा विद्यावारिधि गरेका प्रा।डा। निर्मला उप्रेती भन्छिन्, ‘यो मौका भनेको आमाबुवा र बालबालिकाबीचको सम्बन्ध अझ बढी प्रगाढ बनाउने समय हो ।’ बालबालिकालाई दिनभरि मोबाइल, ल्यापटप दिनुको साटो उनीहरूलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरा सिकाउनुपर्छ । समय बिताउन मोबाइल नै चाहिन्छ भन्ने धारणा गलत भएको उनी बताउँछिन् ।
आफ्नो घरछेउ सानो कोठामा घर भाडामा बस्ने सानो परिवारको उदाहरण दिँदै प्रा।डा। उप्रेतीले भनिन्, ‘आमा, बुवा र छोरा मात्रको सानो परिवारमा विभिन्न फङ्सन भएको मोबाइल पनि छैन । मैले चित्र कोर्ने किताब र एउटा बाजा दिएको थिएँ । त्यो परिवार त्यसैमा धेरै खुसी भएर दिनभरि रमायो ।’ लकडाउनको समयमा घरका काम सिकाउनुका साथै बारी वा गमलामा फूलहरूको नाम सिकाउन सकिन्छ र कसरी रोप्ने भन्ने पनि ज्ञान दिन सकिने जानकारी उनले बताइन् ।
घरभित्रै कसरी राख्ने?
हरेक अभिभावकले आफ्नो आर्थिक तथा सामाजिक हैसियतअनुसारको व्यवहार गर्दै आएका छन् । आफ्नो पारिवारिक अवस्थाअनुसार बालबालिकाका लागि बाघचाल, गट्टा, लुँडो, चेस, क्यारिम बोर्ड, पजलजस्ता सामान्य घरभित्र खेल खेल्ने वातावरण मिलाउनुपर्ने प्रा।डा। उप्रेतीले बताइन् । यता रघुवंशी पनि इन्टरनेट चलाइसकेपछि बालबालिकालाई सिर्जनशील बनाउन उनीहरूको रुचि र क्षमताअनुसारका चित्र बनाउने, वाद्यवादन, सङ्गीत सुन्ने, गाउनेजस्ता रमाइला क्रियाकलाप पनि घरभित्र गर्न दिनुपर्ने सुझाव दिन्छन् ।
अभिभावकले फुर्सदको समयमा बालबालिकाका साथमा प्रेरणामूलक फिल्म हेर्ने, कथा–उपन्यास सुनाउने आदि गर्नुपर्छ । साथै उमेर अनुसारका विभिन्न क्रियाकलाप गर्न उनीहरूलाई प्रेरित गर्न सकिन्छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: