काठमाडौं । नेपालमा रहेका फ्रान्सेली नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ ।
कतार एयरवेजको वाइड बडी जहाजले आज बिहान ११ः५० बजेको उडानमा फ्रेन्च नागरिक लिएर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले तीनजना बालबालिकासहित ३०४ यात्रु लिएर कतार एयरवेजको जहाज फर्किएको जानकारी दिए। कतार एयरवेजको सोही जहाज शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी अन्य फ्रेन्च नागरिक लैजानेछ । बिहान ११ः५० बजेको उडान निर्धारण गरिएको विमानस्थलले जनाएको छ ।
युरोपेली सङ्घको आग्रहबमोजिम नेपालका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँस्थित दूतावासले आफ्ना नागरिक काठमाडौँमा जम्मा गरी चार्टर्ड उडान गरेर लैजानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार र शनिबार गरी दुई उडानको अनुमति दिएको थियो ।
पोखरा, लुक्लालगायत गन्तव्यबाट फ्रान्सेली नागरिकलाई हवाई उद्धार गरी शुक्रबार काठमाडौँ ल्याइएको थियो । बुद्ध एयर र तारा एयरबाट उनीहरुलाई काठमाडौँ ल्याइएको थियो । लकडाउनका कारण देशका विभिन्न गन्तव्यमा रहेका विदेशीलाई नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँ रहेका सम्बन्धित मुलुकका दूतावासले उद्धार थालेका हुन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: