काठमाडौँ । मधेस प्रदेश र संघीय सरकारबीचको अधिकार क्षेत्र विवाद सर्वोच्च अदालतमा अन्तिम चरणमा पुगेको छ। सर्वोच्चले सर्लाहीको सागरनाथ वन परियोजना र वन ऐनसम्बन्धी मुद्दा छिट्टै निरुपण गर्ने तयारी गरेको छ भने कर्मचारी समायोजनसँग सम्बन्धित रिट पनि सुनुवाइको चरणमा छ।
२०७७ भदौ १ गते मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई पुनः संघमा चलाउने निर्णय गरेपछि मधेस सरकारले सर्वोच्चमा रिट दायर गरेको थियो। उक्त मुद्दा भदौ २४ को आगजनीमा मिसिल नष्ट भए पनि फाइल पुनः प्राप्त भएपछि पुस १६ गते संवैधानिक इजलासमा पेसी तोकिएको थियो।
सागरनाथ वन परियोजनालाई मर्ज गरेर “टीम्बर कर्पोरेसन”मा गाभ्ने संघीय निर्णयविरुद्ध मधेस सरकारले रिट दायर गरेको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा उक्त परियोजनाको संरक्षणका लागि कुल दुई करोड रुपैयाँ विनियोजन गरेको थियो।
प्रदेश सरकारले आफ्नो मातहत ल्याएको सागरनाथ वन परियोजना १३,१३२ हेक्टर क्षेत्रफलमा फैलिएको छ, जसमा सर्लाही, महोत्तरी र रौतहट पर्दछन्। तर केन्द्रले परियोजनालाई मर्ज गर्ने निर्णय गर्दा कुनै समन्वय नगरेको र प्रदेशको अधिकार क्षेत्रमा ठाडो हस्तक्षेप भएको मधेस सरकारको दाबी छ।
संविधानको धारा २३२ अनुसार संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सह अस्तित्व र समन्वयमा आधारित सम्बन्ध कायम हुने उल्लेख भए पनि, केन्द्रले परियोजना मर्ज गर्दा यसलाई उल्लङ्घन गरेको तर्क गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, वन तथा वातावरण मन्त्रालय, टीम्बर कर्पोरेसन र कम्पनी रजिष्ट्रारको कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा मधेस सरकारले उत्प्रेषणयुक्त परमादेशको माग गरेको छ।
सागरनाथ वन परियोजनालाई प्रदेशको आर्थिक स्रोतको प्रमुख आधार मानिँदै आएको छ। वन विकास परियोजनालाई कमजोर पार्ने गरी केन्द्रको हस्तक्षेपले प्रदेशको स्वायत्तता कमजोर पार्ने भएको कारण यस मुद्दा संवैधानिक दृष्टिले महत्वपूर्ण मानिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - २०:२२
बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले बाजुराको एक मात्र निर्वाचन क्षेत्रबाट केन्द्रीय सदस्य लालबहादुर थापालाई उम्मेदवा...
फाल्गुन ३ गते, २०८२ - २०:२०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाएको छ । सोमबार (फागुन ४) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइ...
फाल्गुन ३ गते, २०८२ - २०:१३
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा–५ मा केही शिक्षकहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन्। नेकपा एमालेक...
फाल्गुन ३ गते, २०८२ - २०:०४
पोखरा । जावलाखेल युथ क्लबले २५औँ आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालामा दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज ...
फाल्गुन ३ गते, २०८२ - २०:०३
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिका...
फाल्गुन ३ गते, २०८२ - १९:५५
काठमाडौं। १०औं राष्ट्रिय खेलकुद अझै समयमै हुन सकेको छैन। गण्डकी प्रदेशबाट छनोट भएका सुजन चोखाल अहिले जापानमा छन् भने छनोटमा परेका हरि पाण्डेले पनि भलि...
फाल्गुन ३ गते, २०८२ - १९:५२
सुनसरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुनसरीले इटहरी उपमहानगरपालिका–१७ का वडाध्यक्ष प्रभात आचार्यलाई पार्टीबाट निष्कासन गरेको छ। जिल्ला कमिटी सद...
फाल्गुन ३ गते, २०८२ - १९:३९
काठमाडौं । विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह ...
फाल्गुन ३ गते, २०८२ - १९:१४
लुम्बिनी । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएका छन्। आममतदात...
फाल्गुन ३ गते, २०८२ - १८:५९
काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले १६५ जनालाई नियन्त्रणमा लिएको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १६५ जनालाई नियन...



प्रतिकृया लेख्नुहोस्: