वासिङ्टन । कोरोनाभाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् । सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो ।
उक्त तथ्याँकले भाइरसको महामारीले अमेरिकी अर्थव्यवस्थामा पारेको क्षतिलाई आश्चर्यजनक रुपमा प्रतिबिम्ब गरेको छ । बेरोजगारी भत्ताका लागि आवेदन दिनेहरुको संख्याले प्रायः रोजगार गुमेको अवस्थालाई नै प्रतिबिम्बित गर्दछ ।
बेरोजगारी बढ्दै गएमा अमेरिकी अर्थव्यवस्था मन्दीतर्फ जाने खतरा रहेको विश्लेषकहरुको भनाई छ । अहिले रेस्टुरेन्ट, होटल, चलचित्र थिएटर, जिम र एयरलाइन्सको आम्दानी नाटकीय रुपमा संकुचित भएको छ । गाडीको बिक्री घट्ने क्रममा छ, र कार निर्माताहरूले कारखाना बन्द गरेका छन् । प्रायः त्यस्ता रोजगारदातामाथि ऋण भुक्तान र अन्य खर्च व्यहोर्नु पर्ने चुनौती छ । त्यसैले उनीहरू पैसा बचत गर्न रोजगारी कटौती गरिरहेका छन् ।
रोजगारी गुम्नेक्रम यथावत् रहेको भन्दै केही अर्थशास्त्रीहरु आगामी मे महिनासम्ममा अमेरिकी बेरोजगारी दर १३ प्रतिशतसम्म पुग्न सक्ने बताउँछन् । तुलना गरेर हेर्दा सन् २००९ मा समाप्त भएको ठूलो आर्थिक मन्दीमा पनि बेरोजगारी दर उच्चतम १० प्रतिशत मात्र थियो ।
“दुई हप्ताअघि असम्भव जस्तो देखिए पनि अहिले त्यो वास्तविकतामा परिणत भएको छ,” अक्सफोर्ड इकोनोमिक्सकी अर्थशास्त्री न्यान्सी भान्डेन हौटेनले बताए। “अमेरिकी अर्थतन्त्रले बेरोजगारीको तीव्र बृद्धिसँगै सबैभन्दा ठूलो आर्थिक सङ्कुचन अनुभव गर्नेछ ।”
आर्थिक मन्दी द्रुत गतिमा भएको छ । गत फेब्रुअरीमा मात्र बेरोजगारी दर ५० वर्षकै न्यून अर्थात् ३.५ प्रतिशतमा झरेको थियो । अर्थव्यवस्था पनि स्थिरता अघि बढेको थियो । केही अर्थशास्त्रीहरू विचारमा यस वर्षको अप्रिल–जुनको अवधिमा अमेरिकी अर्थतन्त्र अहिलेसम्मको सबैभन्दा तीव्र वार्षिक गतिमा संकुचित हुनेछ । र यो संकुचन ३० प्रतिशतसम्म पुग्न सक्नेछ ।
श्रम विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गत साता ३२ लाख ८३ हजारले बेरोजगारी भत्ताका लागि आवेदन गरेको उल्लेख छ । अघिल्लो साता यो संख्या २ लाख ८२ हजार मात्र थियो । राज्यका वेबसाइट र फोन प्रणालीले राम्रोसँग काम नगरेकाले पनि अझै ठूलो संख्याका नयाँ बेरोजगारहरुले आवेदन गर्न सकेका छैनन् ।
कम्पनीबाट जागिर गुमाएका तलबी कामदार, स्वतन्त्र कामकाजी पेशाकर्मी र स्वरोजगार व्यक्तिले वर्तमान अवस्थामा बेरोजगारी भत्ताका लागि आवेदन गर्न योग्य हुने छैनन् ।
बेरोजगार भत्ताका लागि ठूलो संख्यामा आवेदन दिएको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले विषम परिस्थितिमा यस्तो हुनु स्वाभाविक रहेको बताएका छन्। “हाम्रो क्षमता छ, हामी चाँडै शसक्त भएर अघि आउने छौं ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: