काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न गरिएको लकडाउनको प्रत्यक्ष असर कुखुरापालन क्षेत्रमा देखिएको छ । किसानमा अहिले आफूले पालेका कुखुराबाट उत्पादित अण्डा र मासु बिक्री नहुने समस्या त छँदैछ भएका कुखुरालाई खुवाउने दानासमेत अभाव हुन थालेको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - ‘कुुखुरा जस्तो संवेदनशील क्षेत्रमा साना कुराले त प्रभाव पार्छ । अहिले त विश्व नै आक्रान्त भएका बेला सरकारले गरेको लकडाउनले हामीलाई कुखुरा पाल्नै गाह्रो भएको छ’ पश्चिम चितवन पार्वतीपुरका किसान मदन पोख्रेलले भने, ‘अहिले दाना सकिएको छ । ल्याउन सकिने अवस्था छैन ।’ पोख्रेलको खोरमा रहेको पाँच हजार लेर्यस कुखुराले दैनिक तीन हजारभन्दा बढी अण्डा दिन्छन् । ‘अण्डा उत्पादन भएको छ, बसेको छ तर बजार लान सकिएको छैन’, उहाँको गुनासो छ, ‘काठमाडौंमा अहिले पनि अण्डाको माग छ तर लैजाने कसरी भन्ने चिन्ता छ ।’
एकातर्फ दानाको अभाव अर्कोतर्फ उत्पादित अण्डा र कुखुराको बजारसम्म पुर्याउन नसक्नु किसानको अहिलेको समस्या हो । नेपाल ह्याचरी सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेल अहिले सबैभन्दा बढी ‘लाइभ वर्ड’ ९जिउँदो कुखुरा० मा समस्या भएको बताउँछन् ।
‘नेपाल मात्रै हैन भारत पनि लकडाउन भएकोले दानाको कच्चापदार्थ मकै र भटमासको पिना कहाँबाट ल्याउने’, उनले भने । ‘यही अवस्था रह्यो भने अब हाम्रा कुखुरा खाल्डो अनेर गाड्नुपर्ने अवस्था हुनेछ’ उनले भने ।
नेपालमा अण्डा उत्पादनका लागि पालिएका ४० लाख लेयर्स कुखुराबाट दैनिक २५ लाख गोटा अण्डा उत्पादन हुने गरेको तथ्याङ्क छ । यस्तै मासुका लागि अहिले नेपालमा पाँच करोड २६ लाख ६६ हजार २९ बोइलर कुखुरा पालिएका छन् । नेपालमा उत्पादन हुने कुखुराको मासु र अण्डामध्ये ६० प्रतिशत उत्पादन धानेको चितवनमा लकडाउनले बढी असर गरेको देखिन्छ ।
‘तवनलाई मात्रै अहिले कुखुरालाई दैनिक एक हजार टन दाना चाहिन्छ यो बन्दमा, यसको कच्चापदार्थ कहाँबाट ल्याउन सकिन्छ’ अध्यक्ष पोख्रेलले भने । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कुखुराको दानाको कच्चा पदार्थ आयातलाई कसरी सहज गर्न सकिन्छ भन्ने बारेमा छलफल भइरहेको जानकारी दिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: