Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

अमेरिकी सरकारको राहत प्याकेज पारित, कसले कति पाउँछन् ?

अमेरिका । अमेरिकी सरकारले कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँंग जुधिरहेका आफ्ना करदातालाई १२ सय डलर बराबर सहयोग रकम दिने भएको छ । सरकारले
दिन लागेको यो सहायता प्याकेजको विधयेक शुक्रबार कांग्रेसको सिनेटले पूर्ण बहुमतले पारित भएको छ ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - शुक्रबार भएको मतदानमा उपस्थित ९६ सिनेटरहरुले विधयेकको पक्षमा मतदान गरेका छन् । अमेरिकी इतिहासमै यो सबैभन्दा ठूलो आपतकालिन राहत प्याकेज हो । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित भएको यो प्याकेज विधयेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहीबेर अघि मात्रै हस्तक्षर गरेका छन्।

दुई ट्रिलियन अमेरिकी डलरको सहायता प्याकेज वापत प्रत्येक करदातालाई १२ सय अमेरिकी डलरसम्म र विवाहित जोडीलाई २४ सय डलर सिधै बैंक खातामा पठाइनेछ । भने १७ बर्ष भन्दा कम उमेर समूहका बालबालिका भएका परिवारमा प्रत्येकलाई थप ५ सय डलर सहयोग रकम दिने जनाइएको छ । यसरी प्राप्त गर्ने रकम करदाताको खातामा सिधै जम्मा हुनेछ भने खाता नभएकाहरुको सन्दर्भमा घरघरमा चेक पठाउने जनाइएको छ ।

सन् २०१८ र २०१९ मा राज्यलाई आयकर तिरेका सबै करदातालाई यो रकम दिइनेछ । प्राप्त जानकारी अनुसार बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने प्रत्येक एक जनालाई १२ सय डलर सहयोग रकम प्राप्त गर्नेछन् । यस्तै विवाहित दम्पतीले संयुक्त आयकर तिरेका छन् र वार्षिक १ लाख ७५ हजार भन्दा कम आम्दानी छ भने त्यस्ता जोडीलाई २४ सय डलर पाउनेछन् ।

संसदबाट पारित भएको प्याकेज अनुसार ५ सय बिलियन डलर ऋणबापत खर्च गर्ने, एयरलाइन्स उद्योगका लागि ३२ बिलयन सहयोग गर्ने लगायतका शीर्षकमा रकम छुट्टाइएको छ । यस्तै कन्ट्राक्टमा काम गर्ने र सेल्फ इम्प्लोयडहरुले पनि संघीय सहायता रकम प्राप्त गर्नेछन् । विद्यार्थीहरुले लिएको ऋणमा सेप्टेम्बर ३० सम्म कुनै ब्याज तथा कुनै जरिवाना लाग्नेछैन् । यसअघि सन् २००८ मा आर्थिक मन्दीका बेला समेत सरकारले यस प्रकारको सहयोग गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE