Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

भक्तपुरमा दैनिक पाँच घण्टा बजार खुल्यो, लकडाउनको व्यापक उलङ्घन

भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउनको व्यापक उलङ्घन भएको छ । विशेषगरी बिहान र अपराह्नदेखि बजार क्षेत्रमा मानिसको बाक्लो भीड लाग्ने गरेको छ ।

नगरपालिकाले खाद्यान्न, तरकारी एवम् अत्यावश्यक सामान खरिदका लागि नगर क्षेत्रभित्र हरेकदिन बिहान ५ः०० देखि ८ः०० र साँझ ५ः०० देखि ७ः०० बजेसम्म समय निर्धारण गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलबिनायकमा बजार व्यबस्थापन गरेको छ ।

भाइरस सङ्क्रमण नहोस् भनेर नगरपालिकाले बाहिर निस्कँदा तोकिएको स्थानमा अर्को व्यक्तिसँग एक मिटरको दुरी कायम गरी सामान खरिद गर्न आह्वान गरेको र नगरपालिकाले एक मिटरको दुरी कायम गर्नेगरि चूनले पसल र मानिस उभिने ठाउँको रेखाङ्कन गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

नगरपालिकाले यस्तो व्यवस्था गरेपनि स्थानीय बासिन्दाले भने त्यसको अटेर गर्दै बजारमा भीड गर्ने गरेका छन् । कमलविनायकका बासिन्दा विकल श्रेष्ठले बिहानैदेखि कमलविनायकको गणेश मन्दिरमा घुम्न आउनेले दर्शन गर्ने घण्टा बजाउने गरेको बताउदै सङ्क्रमित व्यक्तिले घण्टा बजाए धेरैमा सङ्क्रमण फैलिने बताए ।

कमलपोखरीमा बिहानैदेखि मर्निङवाक गर्न आउने उत्तिकै बाक्लो हुने गरेको उहाँले जानकारी दिनुभयो । भक्तपुरको बजार क्षेत्रमा पनि बिहान र बेलुका हिड्ने बाक्लै हुने गरेको स्थानीयको भनाइ छ । नगरपालिकाले भने आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न र घरबाट बाहिर ननिस्कन माइकिङ्ग गरेको र नगरपालिका क्षेत्रका बाराहीस्थान, गःपली, इचाडोल, डोक्छें, तालाक्व, बुलुचा, खौमा, इताछें, मिवाछें, कमलबिनायक आवास क्षेत्र, तुमचो दुगुरे आवास क्षेत्र, व्यासीदेखि कमलबिनायकसम्मको मूल सडक, लिवाली आवास क्षेत्र र च्याम्हासिंहदेखि जगातीसम्मको सडकलगायतका क्षेत्रमा कीटनाशक ‘स्प्रे’ छरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE