Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कर्मचारीको एक साताको तलब विपद् तथा प्रकोप व्यवस्थापनमा

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाका कर्मचारीले एक साताको तलब विपद् तथा प्रकोप व्यवस्थापन कोषमा राख्ने घोषणा गरेका छन् । नगरपालिकाको आज बसेको बैठकमा नगर प्रमुख चित्रबहादुर कार्कीले जनप्रतिनिधिले पाउने सेवा सुविधामध्ये १५ दिनको सेवा, सुविधासमेत कोषमा राख्ने जानकारी दिए ।

दैनिक गुजारा चलाउन अप्ठ्यारो हुने समुदायलाई सहयोग गर्न जिन्सी तथा नगद सङ्कलन कार्य पनि शुरु हुने निर्णय भएको छ । बैठकले वडा कार्यालयबाट उपभोग्य वस्तुको व्यवस्था मिलाउनका साथै वितरण कार्य पनि वडा कार्यालयमार्फत हुने बताइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको नेतृत्वमा तीन दिनभित्रै नगद तथा जिन्सी सङ्कलन गरिने भएको छ । उनले भने, “उपभोग्य तथा नगद सङ्कलन कार्य एकद्वार प्रणालीमा हुनेछ ।”

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी, सैनामैनाले नगरपालिकाको विपद् तथा प्रकोप व्यवस्थापन कोषमा रु एक लाख प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै व्यापार सङ्घ, सैनामैनाले रु ५० हजार, सप्तऋषि बचत तथा ऋण सहकारी, सैनामैनाले रु ५० हजार, रोटरी क्लब अफ सैनामैनाले १० क्विन्टल चामल कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरसविरुद्ध मुलुकमा लकडाउनको घोषणापछि खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्न सैनामैनाका सामुदायिक वन तथा उपभोक्ता समिति, खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, विभिन्न सङ्घसंस्थाले पनि कोषमा सहयोग प्रदान गर्ने बताएका छन् ।

यसैबीच सैनामैनामा रहेका निजी मेडिकल तथा क्लिनिक लकडाउनको समयमा पनि सञ्चालनमा नआउँदा स्थानीयवासीलाई सास्ती भएको छ । सैनामैना–४ का दीपक अधिकारीले निजी मेडिकल तथा क्लिनिक बन्द हुँदा दम, उच्च रक्तचापलगायतका बिरामीलाई औषधि नपाउँदा अप्ठ्यारो भएको बताए । बन्द भएका मेडिकल तथा क्लिनिक नगरपालिकाको निर्देशनमा नियमित सञ्चालन गर्न आग्रह गरेका छन्।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies