Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

कारागार सुरक्षित राख्न नयाँ व्यवस्था लागू गरिँदै

काठमाडौं । एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका कैदीबन्दीलाई रिहा गरिने भएको छ । मुलुकका विभिन्न कारागारमा रहेका कैदीबन्दीमा कोरोना भाइरस ९कोभिड–१९० को सङक्रमण फैलिन नदिन रिहा गर्न लागिएको हो । कारागार व्यवस्था विभागले रिहा गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ- कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन एक वर्षभन्दा कम कैद सजाय भएका कैदीबन्दीलाई रिहा गर्नुपर्ने महान्यायाधिवक्ताको कार्यालयको अनुरोधमा सर्वोच्च अदालतबाट भएको आदेशको आधारमा रिहा गर्न लागिएको कारागार व्यवस्था विभागले जनाएको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले यो जटिल परिस्थितिमा कारागार सुरक्षित गर्न यो कदम चालिएको बताए । कैद मिनाहा पाउनेले कानुन अनुसार राजस्व तिर्नुपर्ने छ । महान्यायाधिवक्ता खरेलले कानुनले दिएको दायरा प्रयोग गरेर नै यो नयाँ कदम चालिएको बताए ।

कारागार व्यवस्था विभागका महानिर्देशक प्रदीपराज कणेँलले सर्वोच्च अदालतको पूर्ण बैठकको आदेशबाट कैदीबन्दीलाई रिहा गर्न लागिएको जानकारी आफूलाई प्राप्त भएको बताए । उनका अनुसार सर्वोच्च अदालतको आदेश अनुरूप एक वर्षभन्दा कम कैद बाँकी रहेका कैदीबन्दीमध्ये विभिन्न कारागार कार्यालयबाट ५४ वयस्क र बालसुधार गृहबाट ११९ बालबालिका गरी जम्मा १७३ जना रिहा हुनेछन् ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘महान्यायाधिवक्ताको कार्यालयबाट अनुरोध भइआएको र विपद्को यो विशेष परिस्थितिमा कारागारमा रहने कैदीबन्दीको भीडभाड कम गर्ने प्रयोजनार्थ मुलुकी फौजदारी कार्यसंहिता, २०७४ को दफा १५५ अनुसारको कैदबापत रकम लिई कैदबाट छोडी पाउन निवेदन परेमा रकम लिई कैदबाट छोडिदिन उपयुक्त देखिए न्यायाधीशको इजलासबाट आवश्यक आदेश गरी छोड्न व्यवस्था गर्ने ।’

उनले सर्वोच्च अदालतको आदेशमा यसरी छुट्ने कैदीबन्दीलाई कैदका साथै जरिवाना गरिएको छ भने जरिवाना बुझाएको हुनुपर्ने बताए । बाँकी रहेको कैद भुक्तानीका लागि प्रतिदिन तीन सय रुपियाँका दरले राजस्व बुझाएको हुनुपर्छ । यसरी कैदीबन्दी रिहा गर्न सम्बन्धित जिल्ला अदालतको समेत आदेश हुनुपर्ने स्पष्ट पारे ।

सर्वोच्च अदालतको आदेश मुलुक भरिका कारागार कार्यालयलाई पत्राचार भइसकेको बताउँदै महानिर्देशक कणेँलले मुलुक भरिका कारागारबाट सम्बन्धित अदालत नाम सिफारिसको काम भइरहेको जानकारीसमेत दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending