बागलुङ । पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेकी छन् । बागलुङ नगरपालिका-२ की खड्काले आफ्नो घरमा भाडामा बस्नेहरुको एक महिनाको करिब १ लाख ८० हजार रुपैयाँ भाडा छुट गर्ने घोषणा गरेकी हुन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - कोरोना संक्रमणबाट मानव जाति नै संकटमा परेका बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर भाडा छुट गर्ने निर्णय गरेको उनले बताइन् । ‘कोरोना भाइरसले अहिले विश्व नै ठप्प छ, सुरक्षाका लागि नेपाल पनि लकडाउन गर्नुपरेपछि अहिले व्यापार व्यवसाय सबै ठप्प छन्,’ उनले भनिन्, ‘यस्तो समस्याको घडीमा हामीले एकले अर्कोलाई सहयोग गर्नुपर्छ । मैले आफ्नो घरमा भाडामा बस्ने तथा पसल सञ्चालन गर्नेहरु सबैको एक महिनाको भाडा छुट दिने निर्णय गरेकी छु ।’
अहिले अमेरिकामा रहेकी खड्काले भान्जा अर्जुन घिमिरेमार्फत एक महिनाको घरभाडा छुट दिने भाडामा बस्दै आएकालाई जानकारी गराएकी छिन् । ‘उहाँ अहिले अमेरिका हुनुहुन्छ, मैले सबैलाई जानकारी गराइदिएको छु,’ घिमिरेले भने, ‘उहाँको नाममा भएको घर जग्गामा भाडामा रहेका पसल व्यवसायदेखि कोठा भाडासम्मको एक महिनाको भाडा छुट गर्नुभएको हो ।’
संविधानसभा निर्वाचन २०७० मा बागलुङ क्षेत्र १ बाट निर्वाचित तत्कालीन संविधानसभा सदस्य स्वर्गीय हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि उनकी धर्मपत्नी चम्पा खड्का राजनीतिमा प्रवेश गरेकी हुन् । पतिको निधनपछिको रिक्त स्थानमा भएको उपनिर्वाचनबाट निर्वाचित भएपछि खड्काले गरिबी निवारण तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । खड्का अहिले कांग्रेसको महासमिति सदस्य छन् ।
उनका दुई छोरा डा. सुदिप खड्का र सुमिस खड्का अमेरिकामा रहेकाले भेटघाटका लागि उनी अमेरिका गएकी हुन् । जेठो छोरा डा.सुदिप चर्चित इबोला भाइरसको औषधि पत्ता लगाउने टिममा समावेश थिए । अमेरिकामा अनुसन्धान गर्ने खड्काको टोली कोरोनाको उपचारको अनुसन्धानरत छ ।
उद्योग वाणिज्य संघको आग्रहअनुसार कृष्णशंकर श्रेष्ठले यसअघि नै घरभाडा छुटको घोषणा गरिसकेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले जानकारी दिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: