एजेन्सी । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सोमबार ३ हजार ७ सय व्यक्तिको मृत्यु भएको छ । यो संख्या आइतबारको तुलानामा बढी हो ।
आइतबार कोरोनाबाट ३ हजार २ सय जनाले ज्यान गुएका थिए । सोमबार सबैभन्दा बढी स्पेनमा ९१३ जनाले ज्यान गुमाए । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ७ हजार ७ सय पुगेको छ । स्पेनमा करिब ८८ हजार व्यक्ति संक्रमित छन् ।
यस्तै, इटालीमा सोमबार साढे ११ हजार नयाँ संक्रमित थपिँदा ८१२ जनाले ज्यान गुमाए । योसँगै त्यहाँ संक्रमितको संख्या एक लाख १ हजार नाघ्दा साढे ११ हजारले ज्यान गुमाइसकेका छन् ।
अमेरिकामा एक लाख ६३ हजार बढी व्यक्ति संक्रमित हुँदा ३१४८ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ सोमबार मात्रै करिब १० हजार नयाँ संक्रमित थपिएका छन् ।
चीनमा भने कोरोनाको संक्रमण घट्दो क्रममा छ । त्यहाँ सोमबार ३१ जना नयाँ संक्रमित भेटिँदा ४ जनाले ज्यान गुमाए । योसँगै चीनमा संक्रमितको संख्या ८१ हजार ४ सय पुग्दा ३३ सय व्यक्तिले ज्यान गुमाएका छन् ।
जर्मनीमा ६६ हजार ८ सय संक्रमित हुँदा साढे ६ सय जनाले ज्यान गुमाएका छन् । फ्रान्समा कोरोना संक्रमितको संख्या ४४ हजार नाघेको छ । त्यहाँ ३ हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ । इरानमा मृतकको संख्या २ हजार ७ सय र संक्रमितको संख्या ४१ हजार नाघेको छ ।
छिमेकी मुलुक भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । त्यहाँ १२ सय ५१ व्यक्ति संक्रमित छन् । यस्तै पाकिस्तानमा १७ सय जना संक्रमित हुँदा २१ जनाले ज्यान गुमाइसकेका छन् ।
गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाका कारण सोमबारसम्म विश्वभर ७ लाख ८४ हजार व्यक्ति संक्रमित र ३७ हजार बढीको ज्यान गइसकेको छ । यस्तै, १ लाख ६५ हजार विरामी निको भएर घर फर्किसकेका छन् ।
प्रतिकृया लेख्नुहोस्: