Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

प्रधानमन्त्रीले भने, ‘खरिद किन विवादमा ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो रु संकटका बेला किन यस्ता विषय विवादमा आए रु काम गर्ने तौरतरिका कहाँ मिलेन वा भएको के हो ?’

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - आफूलाई पूर्ण जानकारी नगराई सुरु गरिएको खरिद प्रकरणमा अनियमतिताको प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा त्यसबारे प्रश्न गरेको एक मन्त्रीले बताए। कोरोनासँग जुध्न उपकरण खरिद आवश्यक भए पनि यही बहानामा अनियमतिता गरिएको भन्दै सरकारको चर्को आलोचना हुन थालेको छ। त्यही भएर प्रधानमन्त्रीले खरिद प्रकरणबारे चासो देखाएको ती मन्त्रीले बताए।

उनका अनुसार प्रधानमन्त्रीले यो विषयमा झन्डै २० मिनेट बोलेका थिए। लकडाउन एक साता लम्ब्याउने र राहत प्याकेज घोषणा गर्ने दुई एजेन्डा मात्र रहेको मन्त्रिपरिषद् बैठक त्यसपछि केही लम्बिएको ती मन्त्रीले सुनाए।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० संक्रमण परीक्षण र सुरक्षाका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि ९ओबीसीआई०लाई खरिदको जिम्मा दिएको थियो। अन्तर्राष्ट्रिय बजारमा प्रचलित मूल्यभन्दा तेब्बरमा खरिद गरेको भन्दै चिकित्सक र कतिपय आपूर्तिकर्ताले प्रश्न उठाएपछि अनियमतिताको आशंका गरिएको छ।

‘स्वास्थ्य उपकरणका सन्दर्भमा भएको के हो ? बाहिर अनेक कुरा किन आइरहेका छन् रु भ्रष्टाचार भयो भनेर त्यो विषय कसरी उठ्यो रु प्रश्न उठ्नुका कारण के हुन् ?’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘सरकारलाई बदनाम गर्ने नियत पनि यसभित्र छन् कि सरकारकै केही कमीकमजोरी पनि छ ?’

प्रधानमन्त्रीले संकटका बेला जाने सन्देश सरकार र पार्टीका लागि अर्थपूर्ण हुने स्पष्ट पार्दै यस्तो बेला संवेदनशीलता बुभ्mनुपर्ने धारणा राखेका थिए। ‘धेरै विषय त प्रधानमन्त्रीले के–के बोल्नुभयो बुझ्न सक्ने अवस्था भएन। बैठक कक्षमा मिलाइएको बस्ने व्यवस्था, प्रधानमन्त्रीको दबिएको र सानो आवाजका कारण धेरै विषय नजिक रहेका मन्त्रीबाहेक अधिकांशले बुझ्न सक्नुभएन’, अर्का मन्त्रीले भने, ‘तर, उहाँले खरिद प्रकरणका विषयमा चासो र चिन्ता भने लिनुभयो।’

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल बैठकमा केही नबोलेको ती मन्त्रीले बताए। ‘उच्चस्तरीय समितिको संयोजन गरिरहनुभएका उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले प्रधानमन्त्रीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा चासो देखाए पनि खास कुनै टिप्पणी बैठकमा गर्नुभएन’, ती मन्त्रीले भने, ‘त्यसबारे उहाँहरू चुप नै बस्नुभयो।’

उपप्रधानमन्त्री पोखरेलले यो विषयमा बसेरै कुरा गर्ने अन्नपूर्णसित बताए। ‘बाहिर विभिन्न टीकाटिप्पणी आइरहेका छन्। त्यो स्पष्ट हुन मसँग बसेर गफ गर्न आउनुभए हुन्छ’, उनले भने।

उपकरण खरिदमा भएको ढिलाइबारे प्रधानमन्त्रीसँग यसअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले जिज्ञासा राखेका थिए। चैत १३ गते राति मुटुको चाल छिटो चलेपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना हुँदाकै बेला १४ चैतमा प्रधानमन्त्रीलाई भेट्न दाहाल पुगेका थिए। दाहालले त्यस बेला स्वास्थ्य उपकरण खरिद प्रक्रियाका विषयमा जिज्ञासा राखेका थिए।

उनको प्रश्न थियो– ‘स्वास्थ्य उपकरण खरिदमा सरकारले किन ढिलाइ गरिरहेको छ रु अहिलेसम्म भएको के छ रु बाहिर कमिसनका कारण प्रक्रियामा ढिलाइ भएको सन्देश किन गइरहेको छ रु ओलीसँगको भेटको अघिल्लो दिन १३ चैतमा दाहालले चिनियाँ राष्ट्रपतिलाई सहयोगका लागि अपिल गर्दै पार्टीका तर्फबाट पत्र पठाएका थिए।

ब्

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy