Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

‘निजी अस्पताल पन्छिन नपाऊन्’

काठमाडौं । सर्वोच्च अदालतले कोरोना आशंका गरिएका बिरामीको उपचारबाट निजी अस्पताल पन्छिन नमिल्ने स्पष्ट पारेको छ। उसले निजीलाई उपचारबाट विमुख हुन नदिन र नपन्छिने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय र स्वास्थ्य मन्त्रालयलाई यो अन्तरिम आदेश गरेको हो। उसले संविधानको धारा १६ ९१०ले सबै नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक प्रत्याभूत गरेकाले सबै हकभन्दा जीवनको हकको स्थान उच्च रहेको जनाएको छ।

‘निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आईसीयू, भेन्टिलेटरलगायत कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनू’, आदेशमा भनिएको छ। चिकित्सक, परिचारिका, एम्बुलेन्स चालक, सफाइ श्रमिक, औषधि उत्पादन, वितरणमा संलग्न श्रमिक, दैनिक उपभोग्य वस्तुको उत्पादन तथा आपूर्ति कार्यमा संलग्न श्रमिक एवं सुरक्षाकर्मीलाई कोरोना संक्रमणबाट जोगाउन व्यक्तिगत सुरक्षा सामग्रीको प्रबन्ध मिलाउन पनि सर्वोच्चले भनेको छ।

सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट अधिवक्ता पुष्पराज पौडेललगायतले यससम्बन्धी रिट दायर गरेका थिए। निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको आशंकामा गएका बिरामीलाई उपचार नगरी फर्काइएको विषय रिटमा उठाइएको थियो। अहिले स्वास्थ्य संकटकालको स्थिति रहेको भन्दै संसद् अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत अत्यावश्यक कानुन ल्याउन माग गरिएको थियो। अध्यादेशमार्फत आवश्यक नीतिगत तथा कानुनी व्यवस्था मिलाउने मागसमेत थियो। उक्त मागमा भने सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चले उक्त प्रकरणमा सरकारसँग लिखित जवाफ माग गर्दै छलफल गर्न दुवै पक्षलाई चैत २३ गते डाकेको छ।

रिटमा बहस गर्ने अधिवक्ता सरोजकृष्ण घिमिरेले बृहत् छलफलका लागि सरकार र निवेदकलाई चैत २३ गतेलाई डाकेको जानकारी दिए। कोरोना उपचारसँग सम्बन्धित यसअघि दर्ता भएका रिटसँग एकसाथ राख्न आदेश भएको उनले अन्नपूर्णलाई बताए।

कोरोना समस्या नेपालको मात्र नभई करिब दुई सय देशमा देखिएको अवस्था आदेशमा दर्शाइएको छ। महामारी नियन्त्रण गरी जनाताको जीवन र स्वास्थ्य सुरक्षाका लागि राज्य संयन्त्रको अधिकतम् प्रयोग गर्नुपर्ने अवस्थाको स्मरण गराइएको छ। यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको जिम्मेवारी रहेको सर्वोच्चले जनाएको छ।

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने सुनिश्चित गरेको अवस्थामा निजी स्वास्थ्य संस्थाको पनि जिम्मेवारी रहेको आदेशमा उल्लेख छ। सर्वोच्चले सोमबार न्यून आय भएका श्रमजीवी, दैनिक ज्यालादारी, मजदुर तथा विपन्न वर्गको पहिचान गरी राहत लिन डाक्नुको सट्टा राज्यका निकायले आफैं उपलब्ध गराएर खाद्य सुरक्षाको सुनिश्चितता गर्न अन्तरिम आदेश दिएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE