Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

‘बिरामी हुनु हुन्न ? मास्क नलाउनुस्’

काठमाडौं । तपाईं के कोरोना भाइरसबाट बिरामी हुनुहुन्छ ? वा त्यस्ता बिरामीको उचारमा खटिनु भएको छ ? दुवै छैन भने मास्क नलगाउनुहोस् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - आम मानिसले मास्क लगाउँदैमा फाइदा पुग्ने कुनै प्रमाण छैन । बरु सबैले मास्क लगाइदिँदा र लगाउने तरिका नजान्दा दुरुपयोग भएका घटना प्रशस्त छन्’, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्वास्थ्य आकस्मिकता कार्यक्रममा कार्यकारी निर्देशक डा। माइक रायनले स्विट्जरल्यान्डमा मिडिया ब्रिफिङमा भने ।

उनका अनुसार मास्क र अन्य औषधिजन्य वस्तुको अभाव विश्वव्यापी रूपमै अत्यधिक रूपमा खड्किएको छ । ‘कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी प्रत्येक सेकण्ड भाइरस संक्रमणको अति जोखिममा छन्’, उनले भने, ‘सौचौं त, तिनलाई मास्क भएन भने हालत के होला ?’

डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ डा। मारिया भान केरखोभले जसलाई मास्क अत्यावश्यक छ तिनलाई प्राथमिकता दिनुपर्ने बताइन् । ‘ती भनेका स्वास्थ्यकर्मी हुन्’, उनले भनिन्, ‘समुदायका कसैलाई पनि हामी बिरामी नभएको अवस्थामा मास्क लगाउन सल्लाह दिँदैनौं ।’

बिरामी भएर घरमा आराम गरिरहेका र तिनको स्याहारमा खटिएका व्यक्तिलाई पनि मास्क अनिवार्य लगाउन डब्लूएचओले सिफारिस गरेको छ । डब्लूएचओले अघिल्लो साता विश्वभर पीपीईलगायत स्वास्थ्य सामग्रीको अभाव खड्किँदै गएको ध्यानाकर्षण गराएको थियो ।

‘हामी सबै जानकार हुनै पर्छ’, मारियाको भनाइ थियो, ‘स्वास्थ्यकर्मीका लागि मास्क, पञ्जा, गाउनलगायत सुरक्षा सामग्री अभाव थामिनसक्नु छ । यस्ता सामग्री प्रयोगको प्रमुख हक उपचारमा खटिनेहरूलाई हुन्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending