Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

नेपालीका समस्या सुन्न नेपाली दूतावास सातै दिन खुल्ने

लण्डन । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ ।

कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ । यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म मात्रै कार्यालय खुला हुने गरेको थियो ।

दूतावासमा काम गर्ने अधिकांश कर्मचारीको आवास सोही भवनमा रहेको र पाँच दिनबाहेक अन्य समयमा आफूहरूले काम गर्दै आइरहे पनि महामारीका बेला दूतावास अझ बढी जिम्मबार हुनुपर्ने हुँदा सूचना नै जारी गरेर कार्यालय समय थपबारे जानकारी दिइएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए ।

दूतावासले जारी गरेको एक अपिलमा हाल नेपालबाट आई बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये केहीमा खानाको व्यवस्थापनलगायत समस्या परेकाले तिनलाई सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसै गरी दूतावासले समस्या समाधानका लागि सम्बन्धित ठाउँमा कुराकारीसमेत भइरहेको जनाएको छ ।

सो अपिलमा वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीलाई आर्थिकलगायत अन्य सहयोग उपलब्ध गराउनु सबैको मानवीय कर्तव्य र जिम्मेवारी रहेको हुँदा स्वेच्छाले सहयोग गर्न चाहने इच्छुक महानुभावलाई दूतावासमा सम्पर्क गर्न दूतावासका उपनियोग प्रमुख आरणको मोबाइल नं ०७४६०५९१८८ र दूतावासको इमेल eon@nepembassy.org.uk उपलब्ध गराइएको छ ।

केही दिनदेखि नेपाली विद्यार्थी बेलायतमा खान बस्न पाएनन् भनी समाचार आइरहेका थिए भने मङ्गलबार केही विद्यार्थीले भिडियोमार्फत आफ्नो समस्या बाहिर ल्याएका थिए । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE