Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

२१ सय सैनिकलाई क्‍वारेन्टाइनमा राखियो, ३९ जना ‘आइसोलेसन’मा

काठमाडौं । जंगीअड्डाले कोरोना भाइरस संक्रमणबाट जोगिन २ हजार १ सयभन्दा बढी सैनिक अधिकारीलाई क्‍वारेन्टाइनमा राखेको छ । अन्य ३९ जना आइसोलेसनमा छन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - कोरोना संक्रमणको जोखिम नहोस् भनेर सैनिक अधिकारीलाई क्‍वारेन्टाइन र आइसोलेसनमा राखिएको जंगी अड्डाले जनाएको छ। उनीहरू घर बिदा सकेर फर्किएका, तालिम सकाएका र कोही विदेशबाट फर्किएकाहरू हुन्। क्‍वारेन्टाइनमा बसेको १४ दिनपछि मात्र उनीहरूलाई सेनाको अर्को टोलीसँग मिसाइने छ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले क्‍वारेन्टाइन र आइसोलेसनमा रहेका सैनिक अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। ‘आइसोलेसनमा रहेका केही सैनिक अधिकारीलाई सामान्य रूघाखोकी छ’, प्रवक्ता पाण्डेले भने, ‘हामीले कोरोना भाइरस संक्रमणको जोखिम नहोस् भनेर क्‍वारेन्टाइन र आइसोलेसनमा राखेका छौं। सबैको अवस्थामा सामान्य छ।’

मध्य पृतनामा ४, मध्यपश्चिम पृतनामा १८, उत्तरपश्चिम अनि सुदूरपश्चिम पृतनामा ३÷३ र उपत्यका पृतनामा ११ जनालाई आइसोलेसनमा राखिएको छ। उनीहरू ३९ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको जंगीअड्डाले जनाएको छ। नेपाली सेनाले आठवटै पृतनामा ५ सय ६ वटा आइसोलेसन कक्ष बनाएको छ। तीमध्ये सबैभन्दा बढी मध्य पृतनामा ८४ बेड क्षमताको आइसोलेसन कक्ष छ।

यस्तै, पूर्वी पृतनामा १ सय ९९, मध्यपूर्वी पृतनामा १ सय ९५ र मध्य पृतनामा ४ सय ६६ जना क्‍वारेन्टाइनमा छन्। पश्चिम पृतनामा २ सय ८८, मध्यपश्चिम पृतनामा १ सय २९, उत्तरपश्चिम पृतनामा ३ सय ६४, सुदूरपश्चिम पृतनामा २ सय ३ र उपत्यका पृतनामा ३ सय १२ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ। सेनाले उपत्यकासहित आठवटै पृतनामा ४ हजार २ सय ९० बेड क्षमताको क्‍वारेन्टाइन बनाएको छ।

रुघाखोकी र ज्वरो देखिएपछि केही दिनदेखि आइसोलेसनमा राखिएकी एक सैनिक महिलाको रिपोर्ट नेगेटिभ आएको छ। विदेशबाट आएका पतिको सम्पर्कमा रहेकी उनलाई ज्वरो आएको थियो। कोरोना संक्रमणको आशंकामा उनलाई सेनाले आइसोलेसनमा राखेको थियो। कोरोना संक्रमण नदेखिएपछि उनको अवस्था सामान्य रहेको सैनिक स्रोतले जनाएको छ। जंगीअड्डाले भीड नहोस् भनेर झन्डै आधाजसो फौजलाई घरबाट काम गर्न भनेको छ।

सेनाको ब्यारेक हाताभित्रका वासस्थानमा खाटको दूरी कम्तीमा एक मिटर फरकमा राख्ने व्यवस्था मिलाइएको छ। अनावश्यक भेटघाट र गतिविधिमा रोक लगाइएको छ। ब्यारेकबाहिर हुने सबै तालिम बन्द गरिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE