काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौंको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय सेवामा कार्यरतलाई खाना खुवाउँदै आएको छ ।
लकडाउन शुरु भएको पाँचौँ दिनदेखि अत्यावश्यकीय सेवामा क्रियाशील २८० लाई दैनिक निःशुल्क खाना खुवाउँदै आएको रेष्टुराँका सञ्चालक आलोक योञ्जनले जानकारी दिए ।
रेष्टुराँले १८० प्रहरी, कोभिडको उपचार केन्द्र टेकु अस्पताल र प्रयोगशाला रहेको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कार्यरत ६० चिकित्सक, कोभिडसम्बन्धी जानकारी लिने र दिन सरकारले बनाएको निःशुल्क टेलिफोन सेवामा क्रियाशील चिकित्सक १२ र कोभिडको आशङ्का लागेका बिरामी बोक्न सरकारले तयार पारेको २५ एम्बुलेन्सका चालकलाई खाना खुवाउँदै आएको छ ।
देशमा आइपरेको विपद्का बेला त्यतिकै घरमा बस्नुभन्दा आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने भावनाका साथ खाना खुवाउँदै आएको सञ्चालक योञ्जनले बताए । शुरुमा एक साताका लागि मात्र खाना खुवाउने सोचका साथ अगाडि बढे पनि लकडाउन बढ्दै गएकाले रेष्टुराँको सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्दै थपिएमा लकडाउन अवधिभर खाना खुवाउने रेष्टुराँले जनाएको छ ।
डल्लेले सुरक्षाकर्मी र चिकित्सकसहित दुःख र समस्यामा परेकालाई पनि खाना खुवाउँदै आएको छ । डल्लेको हालसम्म नौवटा आउटलेट सञ्चालनमा छ । यसअघि विसं २०७२ को भूकम्पको बेलामा यसले पनि निःशुल्क खाना खुवाएको थियो । रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: