Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

दैनिक ३ हजार जनाको परीक्षण सम्भव

काठमाडौं । सरकारले दैनिक ३ हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै स्वाब नमुना संकलनलाई तीव्रता दिने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र रहेको भाइरस परीक्षण सेवालाई तीन हप्ताको अवधिमा सरकारले देशका विभिन्न ११ स्थानमा विस्तार गरिसकेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराम खनालका अनुसार आवश्यक परेको अवस्थामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालालाई प्रयोगमा ल्याउन सकिन्छ । जसको पहिचानसमेत भइसकेको छ ।

मुलुकमा आरटी–पीसीआर अर्थात् रियल टाइम–पोलिमरेज चेन रियाक्सन परीक्षण गर्न सकिने ४० ल्याब छन् । जसमा निजी क्षेत्रका १५ र अन्य सरकारी स्वामित्वमा रहेका छन् । आवश्यक भएमा दैनिक छ हजार आरटी–पीसीआर परीक्षण गर्न सकिने क्षमता विस्तार गरिने रजिस्ट्रार खनालले जानकारी दिए ।

उनले कोभिड प्याथोलोजी सल्लाहकार समितिले ल्याब स्थापना, प्रयोगशाला निर्माण, जनशक्ति व्यवस्थापन र उपकरणको गुणस्तर जाँचजस्ता कार्यलाई द्रुत गतिमा सम्पन्न गरी प्रयोगशाला सञ्चालनमा आएको बताउनुभयो । उनले प्रयोगशालालाई २४ सै घण्टा चलाउन २० जनाजति जनशक्ति आवश्यक पर्ने बताए । एउटा स्वाब नमुना सङ्कलन र परीक्षणका लागि कम्तीमा १२ हजार रुपियाँ खर्च हुने तर त्यो सम्पूर्ण खर्च सरकारले व्यहोरिरहेको उनले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूसहित सरकारले छोटो अवधिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, काठमाडौँ विश्वविद्यालय शिक्षा अस्पताल धुलिखेल, राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र भैरहवा, भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला चितवन र बुटवलमा सेवा सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा एक हजार ९६५ र उपत्यकाबाहिर ४०१ नमुना परीक्षण भइसकेको छ । आवश्यकता अनुसार परीक्षणको दायरा बढाइरहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

सरकारले आरटी–पीसीआर र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) दुवै विधिबाट परीक्षणलाई तीव्रता दिएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा बुधबार मात्रै स्वाब र र्‍यापिड कीटबाट गरी १९८ स्वाब नमुना सङ्कलन गरिएको छ । त्यस्तै अछाम, जुम्ला र सुर्खेतबाट सङ्कलित ८०२ नमुना काठमाडौँ ल्याइसकिएको जनाइएको छ ।

बुधबार मात्रै दिपायलबाट तीन सयभन्दा बढी नमुना सङ्कलन गरिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । मन्त्रालयले कल सेन्टर र मोबाइलबाट समेत सङ्क्रमणको अवस्थाबारे जानकारी लिइरहेको छ । १११५ र ११३३ नम्बरका दुईवटा कल सेन्टरबाट तीन हजार ३०६ समस्याको सम्बोधन भएको छ । यस्तै मोबाइल एपमार्फत १२ हजार ६८ जनाले समस्या दर्ता गरेका छन् । जसमध्ये बुधबार तीन जना ‘रेडजोन’मा परेका थिए ।

प्रवक्ता डा. देवकोटाका अनुसार धनगढीमा चार, बागलुङमा दुई र काठमाडौँमा रहेका कोरोना भाइरस सङ्क्रमित दुई जनाको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार ‘कन्ट्राक्ट टे«सिङ’को काम सम्पन्न गरिसकिएको छ । अहिले १८० वटा स्वाब नमुनाको परीक्षण कार्य भइरहेको छ ।

वीर अस्पतालका जेनेटिक वैज्ञानिक बलराम गौतमका अनुसार ल्याबमा काम गर्ने जनशक्तिलाई तालिम दिएर तयारी अवस्थामा राखिएको छ । पोखरालगायत स्थानमा ल्याब सञ्चालन र तालिम दिनुभएका वैज्ञानिक गौतमले भएको प्रयोगशाला र जनशक्तिलाई परिचालन गर्न सकिए परीक्षण कार्यलाई सहज बनाउन सकिने बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE