Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

अपाङ्गताको गुनासो : राहतमा मुखले ठीक्क, कामले दिक्क

काठमाडौं । कोभिड—१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहँदा अपाङ्गता भएका व्यक्तिले जीवन धान्न अप्ठ्यो परेको गुनासो गरेका छन् ।

गोकर्णेश्वर नगरपालिकाको वडा नं. २, ४, ५, ६ र ७ एवं कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं.–५ मा धेरै अपाङ्गता भएका व्यक्ति बसोवास गर्दछन् । गोकर्णेश्वर नगरपालिकाको वडा नं.–२ मा अपाङ्ग सेवा सङ्घ–आशा केन्द्र, वडा नं.–४ मा अपाङ्ग पुनस्र्थापना केन्द्र छ भने वडा नं.–६ मा नेपाल अपाङ्ग सङघले सञ्चालन गरेको खगेन्द्र नवजीवन केन्द्र रहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं.–५ स्थित थली ओरालोमा पनि नेपाल अपाङ्ग सङ्घ छ । सो सस्थाले अपाङ्गता भएका ३५ जना बालबालिकालाई संरक्षण दिइएको छ । यी संस्थामा आवासीय रुपमा पनि अपाङ्गता भएकालाई राखिएको छ । यी संस्थाले स्वरोजगार लगायत कार्यक्रम समेत सञ्चालन गर्ने भएकाले पनि यस क्षेत्रमा धेरै अपाङ्गता भएकाको बसोवास रहेको हो ।

अपाङ्ग सेवा सङ्घ–आशा केन्दका अध्यक्ष तिलककुमार श्रेष्ठ संस्थाले आवासीय रुपमा राखेका अपाङ्गता भएका व्यक्तिलाई समस्या नभएपनि भाडामा कोठा लिएर बस्नेका लागि समस्या रहेको जानकारी दिए । अपाङ्गता भए पनि केही आयआर्जन गरी खानेका लागि बाहिर निस्कन नपाउँदा अप्ठ्यारो हुने भएकाले यस्ताका लागि स्थानीय सरकारले प्राथमिकतामा राहत दिनुपर्ने उनको भनाई छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं।–६ नारायणटारमा बसोवास गर्नुहुने दृष्टिविहीन दिवस विष्ट बन्दाबन्दीको १७ औँ दिनसम्म पनि नगरपालिकाबाट राहत पाउन नसकिएको गुनासो गर्छन् । “नगर प्रमुखलाई भन्यो भने वडा अध्यक्षलाई भन्नुस् र वडा अध्यक्षलाई भन्यो भने नगर प्रमुखलाई भन्नुस् भन्ने गरेका छन्, हामीले राहत भने पाउन सकेका छैनौँ”–उनले भने ।

नगरपालिकाले घरमा राहत पु¥याएका छौँ, खाद्यान्नको अभाव भई किनेर खान चाहनेका लागि पनि घर घरमै ढुवानीको व्यवस्था गरिएको छ भनी प्रचारप्रसार गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको अपाङ्गता भएकाको भोगाइ छ । तीनै तहका सरकारले सञ्चारमाध्यममा सबै सेवा उपलब्ध गराएका छौँ भनी प्रचार गर्ने तर व्यवहारमा जनताले केही नपाउने अवस्था आएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ थलीमा बसोवास गर्दै आउएकी सावित्री बस्नेतको गुनासो छ । “मुखले ठिक्क, कामले दिक्कको अवस्था तीनै तहका सरकारबाट हामीले भोगेका छौँ”–उनले भनिन् ।

कागेश्वरी मनोहरा नगरपालिका प्रवक्ता एवं वडा नं –५ का अध्यक्ष राजाराम पुडासैनी राहत वितरणमा सुत्केरी, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, मिर्गौला र मुटुको रोग भएकालाई प्राथमिकतामा राखिएको बताउछन् । अपाङ्गता भएकालाई आवासीय रुपमा राख्ने संस्थालाई पनि सहयोग दिने वचन दिएको उनले जानकारी दिए।

सरकारले अपाङ्गता भएकालाई चार वर्गमा विभाजन गरेको छ । पूर्णरुपमा अपाङ्गता भएकालाई ‘क’ वर्गमा राखिएको छ । ‘क’ वर्गमा राखिएकालाई सामाजिक सुरक्षा स्वरुप मासिक भत्ताको समेत व्यवस्था गरिएको छ । आंशिक रुपमा अपाङ्गता भएकालाई ‘ख’ वर्गमा राखी मासिक रुपमा आधा भत्ता दिइन्छ ।

‘ग’ र ‘घ’ वर्गकाको भने सामान्य अपाङ्गता मात्र हुने भएकाले भत्ता दिइँदैन । कागेश्वरी नगरपालिकामा ‘क’ वर्गका २०० र ‘ख’ वर्गका ६० जना रहेको नगरपालिकाले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE