Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कोरोना कहर : भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा

न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् ।

कारणः केही ठूला अस्पतालहरुले भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित बिरामीहरुको मृत्युदर बढी देखिएको जनाएका छन्, र कतिपय चिकित्सकहरुले केही निश्चित किसिमका बिरामीलाई यी मेसिनले हानि पुर्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आफूहरुसँग विकसित उपचार पद्धति उपलब्ध भएपनि अमेरिकी चिकित्सकहरू भाइरसको सही उपचार पद्धति खुट्याउन प्रयत्नरत छन् । उनीहरू बिरामीहरुको लगातारको मृत्यु र आधारभूत स्वास्थ्य सामग्रीको अभावबीच मानिसका कथा र यथार्थपरक तथ्याँकमा निर्भर रहेका छन् ।

मेकानिकल भेन्टिलेटरहरूले बिरामीको फोक्सोमा खराबी आएपछि अक्सिजन दिन सहयोग गर्दछ । मेशिनको प्रयोग गर्दा बिरामीलाई बेहोस बनाउनु र घाँटीमा ट्युब छिराउनु पर्दछ । यस्ता बिरामीहरूको कुनै पनि बेला मृत्यु हुनु सामान्य हुन्छ, र श्वासप्रश्वासमा गरिएको यो सहयोगको यस्तो बेलामा केही अर्थ हुँदैन ।

सामान्यतया भन्नु पर्दा, विज्ञहरुका अनुसार श्वासप्रश्वासका ४० देखि ५० प्रतिशत गम्भीर बिरामीको भेन्टिलेटरमै मृत्यु हुन्छ । तर न्यूयोर्क शहरमा यिनै भेन्टिलेटरमा राखिएका ८० प्रतिशत वा सोभन्दा बढी कोरोनाभाइरस बिरामीहरूको मृत्यु भएको छ ।

अमेरिकन लङ एसोसिएसनका प्रमुख मेडिकल अधिकृत डा अल्बर्ट रिज्जोले अमेरिकामै सामान्य भन्दा बढी मृत्युदर रिपोर्ट गरिएको बताए ।

यस्तै रिपोर्टहरू चीन र बेलायतबाट पनि आएका छन् । एउटा बेलायती रिपोर्टमा यो संख्या ६६ प्रतिशत देखिएको छ । चिनियाँ शहर वुहानमा गरिएको एउटा सानो अध्ययनमा भेन्टिलेटरमा राखिएका बिरामीमध्ये ८६ प्रतिशतको मृत्यु भएको थियो ।

यद्यपी यसको कारण स्पष्ट भइसकेको छैन । यो रोगबाट संक्रमित हुनुअघि बिरामीको अवस्थामाथि पनि विचार गरिनु आवश्यक हुन्छ । कतिपय विज्ञहरुको भनाईमा बिरामीलाई कुन अवस्थामा भेन्टिलेटरमा राख्ने भन्ने सही समय पहिचान आवश्यक रहन्छ ।

तर धेरैजसो स्वास्थ्यकर्मीहरु भेन्टिलेटरको प्रयोग गर्दा बिरामीहरुको स्वास्थ्य अरु बिग्रन्छ वा यसले हानिकारक प्रतिरक्षा प्रणाली निर्माण गर्दछ भन्नेमा खासै जानकार छैनन् ।

त्यो अनुमान हो । तर विज्ञहरू भन्छन्, भेन्टिलेटरहरू बिरामीका लागि समयक्रममा हानिकारक हुन सक्दछन्, किनकि मेसिनको सहयोगमा उच्च–दबाबको अक्सिजनलाई बिरामीको फोक्सोमा रहेको सानो हावाको थैलीमा जबरजस्ती छिराइन्छ ।

टोरन्टो जनरल अस्पतालका श्वासरोग उपचारका विशेषज्ञ डा एडी फानले भन्छन्, “मेकानिकल भेन्टिलेसन त्यति राम्रो होइन भन्ने हामी सबैलाई थाहा छ । पछिल्ला केही दशकमा पत्ता लागेको कुरा के हो भने मेडिकल भेन्टिलेटरले फोक्सोलाई बिगार्न सक्दछ – त्यसैले हामीले यसको प्रयोग गर्नुअघि विशेष सावधानी अपनाउनु पर्दछ ।”

डा फानले भने, मेसिनबाट दिइएको दबाबको मात्रा र श्वासप्रश्वासको संख्यालाई सीमित गरेर खतराहरूलाई कम गर्न सकिन्छ ।

तर केही चिकित्सकहरुले बिरामीहरूलाई सकेसम्म लामो समय भेन्टिलेटरमा नराखिएको बताएका छन् । र त्यसको सट्टा अन्य प्रविधिहरूको प्रयोगमा जोड दिइएको छ ।

न्यूयोर्क शहरमा केही हप्ताअघि निकै बिरामी परेका कोरोनाभाइरसका बिरामीहरूलाई नियमित रूपमा सास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राखिएको थियो, म्यानहट्टन अस्पतालमा काम गर्ने आपतकालीन चिकित्सक डा जोसेफ हब्बुसेले बताए ।

तर धेरैजसो अवस्थामा फिजिसियन चिकित्सकहरूले अन्य उपायहरू अपनाउन खोजेको पाइएको छ । तीमध्ये एउटा हो, बिरामीलाई विभिन्न तरिकामा राख्नु वा सुताउनु । अर्को तरिका हो, नाकबाट ट्युब वा अन्य उपकरण घुसाएर बिरामीहरूलाई स्वाभाविक रुपमा बढी अक्सिजन दिनु । केही डाक्टरहरूले फोक्सोको कम क्षतिग्रस्त भागहरूमा रक्त प्रवाह र अक्सिजन पुर्याउन नाइट्रिक अक्साइड प्रयोग गरिरहेका छन् ।

“यदि हामीले उनीहरूलाई यिनै विधिबाट आराम दिलाउन सक्यौं भने यसको नतिजा पनि राम्रो हुनेछ,” ह्याबाउसले बताए ।

भान्डर्बिल्ट विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा विलियम श्याफ्नरले भने, “कोरोनाभाइरसका बिरामीहरूलाई अन्य प्रकारका बिरामीहरूको तुलनामा लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्छ भन्ने भनाई छ ।”

विज्ञहरू भन्छन्– ब्याक्टेरियल निमोनियाका बिरामीहरूलाई, उदाहरणका लागि, पनि भेन्टिलेटरमा एक वा दुई दिन भन्दा बढी राख्नु हुँदैन । तर कोरोनाभाइरसका बिरामीलाई भेन्टिलेटरमा “सात दिन, १० दिन, १५ दिन” राखिएको छ र उनीहरुकै मृत्यु भइरहेको छ,” न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यू कुमोले बुधबार आयोजित ब्रिफिङका क्रममा बताए ।

भेन्टिलेटरहरू छोटो समयमा आपूर्ति हुन निकै कठिन हुन्छ । विज्ञहरूले कोरोना पीडितको संख्या बढ्दै जाँदा चिकित्सकमाथि कसलाई भेन्टिलेटरमा राख्ने र कसलाई नराख्ने भन्नेमा द्विविधा उत्पन्न हुने बताउँछन् ।

न्यूयोर्क राज्य स्वास्थ्य आयुक्त डा होवार्ड जुकरले बुधबार अधिकारीहरूले उपचारका लागि भर्ना हुने हरेक बिरामीका लागि अन्य सम्भाव्य उपचार विधिका बारेमा खोज गरिरहेको बताए । तर उनले थपे, “यो सबै प्रयोगात्मक नै हुनेछ ।”

“भेन्टिलेटर उपचारात्मक होइन । बिरामीको शरीरको पुनः सुधार हुँदा सम्मका लागि यो सहयोगी उपाय मात्र हो,” फ्लोरिडाको मियामी स्वास्थ्य प्रणाली विश्वविद्यालयका फोक्सो विशेषज्ञ डा रोजर अल्भारेजले बताए। नाइट्रिक अक्साइडको प्रयोग गरेर बिरामीलाई सकेसम्म कम भेन्टिलेटरमा राख्न सकिने पद्धतिका बारेमा उनले निकै सफलता हासिल गर्नु भएको छ ।

ज्याचारी शेमटोबले आफ्ना ४५ वर्षीय श्रीमानलाई कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा राख्नुपर्छ भन्दा आफूलाई निकै डर लागेको बताए । “भेन्टिलेटरमा राख्नु भनेको कहिल्यै पनि भेन्टिलेटर हटाउनु होइन भन्ने मलाई लागिरहन्छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies