काठमाडौं । पछिल्लो एक महिनामा विदेशबाट आएका नागरिकको तथ्याङ्क लिने क्रममा काठमाडौँ महानगरपालिकाले हालसम्म १३४ जनाको विवरण सङ्कलन गरेको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले यस किसिमको अभ्यास शुरु गरेको हो ।
हाल सङ्कलन भएका विवरणमध्ये ६० जनाले विदेशबाट आएको १५ दिन पार गरिसकेका छन भने अन्य होम क्वारेन्टाइनमा रहेका महानगरपालिकाले जानकारी गराएको छ । महानगरको प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार २०७६ फागुन १८ पछि विदेश भ्रमण गरी महानगरभित्र बसोबास गरिरहेकाको विवरण सङ्कलन कार्य भइरहेको छ । विवरण सङ्कलनको काम जारी रहेको र हाल प्राप्त विवरणअनुसार सबै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
विदेशबाट फर्केका नेपाली सतर्क र सचेत भएनन् भने सबैभन्दा पहिला आफ्नै परिवारको ज्यानलाई खतरामा पार्ने र त्यसपछि छरछिमेकीलाई प्रभावित पार्ने भन्दै महानगरपालिकाले विदेश भ्रमण गरी महानगरपालिकाभित्र बसोबास गर्नेको विवरण सङ्कलन शुरु गरेको हो ।
विदेशबाट फर्कने, अझ भारतबाट आएका नेपाली नागरिक १४ दिनसम्म अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्नैपर्ने नियमलाई पालना गर्न महानगरले यस्तो विवरण सङ्कलनको कामलाई तीव्ररुपमा अघि बढाएको जानकारी दिएको छ । सङ्कलित विवरणमध्ये बढी दुबईबाट फर्किएका छन् ।
त्यसैगरी कतार, फ्रान्स, अष्टे«लिया, बेल्जिम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारतलगायतका देशको भ्रमण गरी आएकाको पनि विवरण सङ्कलन गरिएको छ । कोही विदेशबाट आएका तर महानगरको सम्पर्कमा आउन नचाहनेका लागि पनि आफू र आफ्नो परिवारको स्वास्थ्यका लागि भन्दै तत्काल सम्पर्कमा आउन आग्रहसमेत गरिएको छ । अन्य कसैलाई जानकारी भए पनि महानगरलाई तथा सम्बन्धित वडा कार्यालयमा जानकारी दिन भनिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: