काठमाडौं । नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत्गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५ प्रतिशजतिले घटेको छ । जलाशययुक्त आयोजनाबाहेक रन अफ दि रिभर र पिकिङ आयोजनामा उत्पादन घट्ने गरेको छ ।
नेपालमा प्रायः हिमनदीमा जलविद्युत् आयोजना निर्माण भएका छन् । मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कालीगण्डकी, सुनकोसी, त्रिशुली, देवीघाट, चमेलियालगायतका सबै ठूला जलविद्युत् आयोजना हिमनदी प्रणालीमा निर्माण भएका छन् । कात्तिक÷मंसिरबाट हिमनदीमा पानीको बहाव बिस्तारै कम हुँदै जाने गर्छ । गर्मी लाग्दा हिमालको हिउँ पग्लेर पानीको मात्रा बिस्तारै वृद्धि हुँदै जाने भए पनि वैशाखको दोस्रो हप्ताबाट गर्मी बढेसँगै हिमनदीमा पानीको मात्रा बढ्ने गरेको प्राधिकरणले जनाएको छ ।
हुन त मुलुकमा ‘लकडाउन’को अवस्थाले औद्योगिक क्षेत्रका माग शून्य नै छ । त्यसले गर्दा बिजुलीको आन्तरिक माग व्यवस्थापन गर्न भारतबाट प्राधिकरण दैनिक २०० मेगावाटको हाराहारीमा मात्र आयात गर्ने गरेको छ । जब कि यो अवधिमा विगतमा दैनिक ५०० मेगावाटसम्म आयात गर्ने गरेको थियो ।
नदीमा पानीको मात्रा घटेसँगै विद्युत् उत्पादन घटिसकेपछि प्राधिकरणको आफ्नो आयोजनाबाट ४३७ मेगावाट (६,८७४ मेगावाट आवर), निजी क्षेत्रको आयोजनाबाट २३७ मेगावाट (५,३४८ मेगावाट आवर) र भारतबाट ३०२ मेगावाट (३५५५ मेगावाट आवर)आपूर्ति व्यवस्थापन भइरहेको प्राधिकरणका भार सम्प्रेषण केन्द्र प्रमुख सुरेश भट्टराईले बताए ।
मुलुकमा लकडाउनको अवस्थामा घरेलु उपभोगलाई व्यवस्थापन गर्न प्राधिकरणलाई सहज भएको कार्यकारी निर्देशक घिसिङले बताए । ४५ प्रतिशतभन्दा बढी उत्पादन कमी भइरहेका बेला भारतबाट पनि कम आयात गर्नुपरेको उनले बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: