काठमाडौं । कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन रोग लिएर आएका हुन् भन्ने जानकारी लिन बसेका थिए ।
आजको गोरखापत्र दैनिकमा खबर छ - अस्पतालको दुई तलामाथि आइसोलेसन वार्ड राखिएको छ, जहाँ दुई जना सङ्क्रमित छन् । सङ्क्रमितबाहेक कोरोनाको आशङ्कामा अन्य ९ जना कोरोनाको लक्षण भएका बिरामी उपचाररत छन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला सहितको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी खटिएका छन् । सिफ्ट अनुसार स्वास्थ्यकर्मीले सङ्क्रमित तथा आइसोलेसनमा बसेका बिरामीको उपचार गर्नुपर्ने हुन्छ ।
कसरी हुन्छ उपचार ?
टेकुस्थित सरुवा रोग अस्पताल हरेक सरुवा रोगको उपचार गर्नुपर्ने देशकै केन्द्रीय अस्पताल भएकाले सरुवा रोगसम्बन्धी बिरामी यहाँ आइपुग्छन् । यद्यपि अहिले कोरोनाको भयमा अन्य बिरामी त्यति धेरै आएका छैनन् । कोरोना सङ्क्रमित व्यक्तिलाई छुट्टाछुट्टै कोठामा राखिएको छ । होटलको कोठामा जे जस्तो सुविधा हुन्छ त्यही सुविधा दिएर सङ्क्रमित व्यक्तिलाई राखिएको छ ।
टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिले आइसोलेसन वार्डमा केही सुविधा नभएको बताए । कुनै सुविधा नभएका कारण बिरामी भाग्ने, डिप्रेसनमा जानसक्ने भएकाले आफू निर्देशक भएर आइसकेपछि अहिले टिभी, इन्टरनेट, टेलिफोन लगायतका सुविधा राखिएको जानकारी उनले दिए ।
सङ्क्रमितको गतिविधि निगरानी गर्न निर्देशक डा. राजभण्डारीको मोबाइलमै व्यवस्था गरिएको छ । मोबाइलबाट उनीहरू के गरिरहेका छन् भन्ने पूरै गतिविधि हेर्न सकिन्छ । सङ्क्रमित तथा आशङ्कित व्यक्तिहरूका लागि उपचारमा खटिएका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले सङ्क्रमितको लाक्षणिक आधारमा उपचार गरिने बताए । ‘हालसम्म कोरोनाको कुनै औषधि आइसकेको छैन’ उनले भने, ‘त्यसैले उनीहरूलाई कस्तो लक्षण भइरहेको छ, त्यही आधारमा उपचार गर्ने गरिन्छ । सङ्क्रमितलाई फोन तथा बाहिरबाट सोधिन्छ, कस्तो अवस्था छ, साह्रोगाह्रो अवस्था के छ, कसरी बसिरहेका छन् भन्ने विषयमा विस्तृत विवरण लिइन्छ । उनीहरूको भनाइ अनुसार उपचार हुन्छ ।’
डा. बास्तोलाका अनुसार उनीहरू सामान्य अवस्थामा छन् । हालसम्म उनीहरूलाई केही भएको छैन । खाना खान, हिँड्डुल गर्न सक्ने सामान्य अवस्था छ । केही असजिलो महसुस भइहाल्यो भने उपचारमा खटिएका नर्स तथा चिकित्सक व्यक्तिगत सुरक्षा कवज (पीपीई) लगाएर पुगिहाल्छन् र परीक्षण सुरु गर्छन् । उनीहरूको स्वाब लिँदा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष भेट हुन्छ ।
अहिले राम्रोसँग बसिरहेका छन् । तीबाहेक आइसोलेसन वार्डमा भएका अन्य बिरामीको अवस्था पनि सामान्य रहेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: