Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

कोरोना असरः सस्तिँदै नेपाली रुपैयाँ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ । पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ । बिहीबार ग्रिनब्याक भनिने अमेरिकी मुद्राको भाउ नेपाल राष्ट्र बैंकले नै १२२ रुपैयाँ ५० पैसा तोकेको छ। यो हालसम्मकै सबैभन्दा महँगो दर हो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यद्यपि, प्रतिशतको हिसाबले नेपालमा सटही सुविधा भएका मुद्रामध्ये डलरभन्दा पनि हङकङ, जापान र यूएईको मुद्रा ज्यादा महँगिएको छ। गत ३१ जनवरीको मूल्यलाई आधार मान्दा बिहीबारसम्म हङकङ डलर ७।०५ प्रतिशत महँगिएको छ। जापानी येन पनि ६.८४ प्रतिशत महँगिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यूएई दिह्राम भने डलरकै हाराहारी अर्थात् ६.२ प्रतिशत महँगिएको छ। बहराइन दिनार, कतारी रियाल, स्विस फ्र्यांक र साउदी अरेबियन रियाल पनि ६ प्रतिशतभन्दा धेरै महँगिएका छन्।

डेनमार्क, युरोजोन, चीन, कुवेत, दक्षिण कोरियाका मुद्रा पनि उच्च दरमा महँगिएका छन्। यसबीच अस्ट्रेलियन डलरको भाउ भने १ रुपैयाँ ४२ पैसा सस्तिएको छ। डलर र अधिकांश मुद्राको तुलनामा भारतीय मुद्रा निकै कमजोर हुँदै गएपछि भारतीय रुपैयाँ ९भारु० सँग स्थिर विनिमय भएको नेपाली मुद्रा पनि सस्तिएको हो।

अन्तर्राष्ट्रिय बजार विश्लेषकले भारत, इन्डोनेसिया र दक्षिण कोरियाली मुद्राको भाउमा आउँदा दिन अझै बढी उतारचढाव आउनसक्ने आँकलन गरेका छन्। फ्रान्सेली वित्तीय संस्था क्रेडिट एग्रिकोलका विश्लेषकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले आगामी दिन भारु अझै सस्तिनसक्ने उल्लेख गरेका छन्।

भारत र इन्डोनेसियाको चालु खाता घाटा बढ्दै जाँदा भारुसँगै इन्डोनेसियन रुपैयाँ पनि तीव्र दरमा सस्तिनसक्ने आँकलन गरिएको छ। यो अनुमान सत्यतामा बदलिए नेपाली रुपैयाँ अझै सस्तो हुने छ।

विदेशी मुद्रामात्र होइन, सुनको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको छ। नेपालमा लकडाउन सुरु हुनुअघि निकै फराकिलो दरले सस्तिइसकेको सुन अहिले पुनः उच्चतम विन्दु नजिक पुगेको छ।

नेपालमा भने अहिले सुनको कारोबार रोकिएकाले सुनचाँदीको मूल्य निर्धारण स्थगित गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए। तर, अन्तर्राष्ट्रिय बजारमा यही रफ्तारले मूल्य आकाशिए लकडाउन खुलेपछि नेपाली बजारमा सुनको भाउ नयाँ कीर्तिमानी उचाइमा पुग्न सक्ने देखिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending