काठमाडौं । नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि ९ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - त्यस्तै लकडाउन पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले सङ्केत गरेको छ । भारत–नेपाल बीचको सीमा खुला छ । खुला सीमाको ९२५ स्थानमा सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मन्त्रालयका उच्च अधिकारीका अनुसार सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ । सीमा अनुगमन चौकी (बीओपी) सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी बलको पाँच हजार जनशक्ति स्थलगत रूपमा खटिएको छ ।
नेपालको पूर्व–पश्चिम र दक्षिण गरी २६ जिल्ला भारतसँग जोडिएका छन् । तीमध्ये धेरै जिल्लामा स्थानीय बासिन्दाको वारि गाउँ छ भने पारिपट्टि बारी छ । त्यस्तै पारिपट्टि गाउँ वारि खेतबारी रहेको छ । तराईका केही जिल्ला र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी र दार्चुलामा अनौपचारिक बाटो प्रयोग भएको पाइएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले भारतमा रहेका नेपाली लुकिछिपी अनौपचारिक बाटो प्रयोग गरी आउन थालेपछि थप कडाइ गरिएको बताए । केही दिनअघि बैतडीमा अनौपचारिक बाटो प्रयोग गरी आएका १३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बुधबार अनौपचारिक बाटो प्रयोग गरी दार्चुलामा प्रवेश गरेका ३३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरमा पनि कृष्णपुर नयाँबस्ती र दोधारा चाँदनी लगायतका सीमाबाट अवैध प्रवेश भएपछि २० गतेबाट थप कडाइ गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
मन्त्रालयले पनि सीमा नाकामा चौबीसै घण्टा सुरक्षा पहरा दिन संयुक्त सुरक्षा गस्ती, स्थानीय प्रशासनलाई उच्चसुरक्षा सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले दुवै देशका सरकारबीच भएको सहमति अनुसार सीमामा कडाइ गरिएको स्पष्ट पारे ।
लकडाउनका क्रममा सीमापारि रोकिएका नेपालीको व्यवस्थापन भारत सरकारले र वारि रोकिएका भारतीय नागरिकको नेपाल सरकारले व्यवस्थापन गर्ने निर्णय गरिएको छ । दुई छिमेकी मुलुक चीनको तुलनामा भारतमा फैलिएको कोरोना सङ्क्रमण नेपालका लागि चुनौती बन्दै गएको छ ।
नेपालले आन्तरिक स्वास्थ्य सतर्कता तथा उपचार सेवा विस्तार गरेसँगै नेपाल–भारत सीमामा कडाइ गर्दा कोरोना भाइरस महामारीको सङ्क्रमणबाट नेपाललाई सुरक्षित राख्न सक्ने अपेक्षा गरिएको छ । सीमा जोडिएका प्रत्येक स्थानीय तहले अवैध प्रवेश र घुसपैठमा प्रतिबन्ध लगाइसकेका छन् ।
सीमा नाकामा प्रदेश सरकार, स्थानीय प्रशासन र स्थानीय तहको वडा स्तरसम्म सहकार्य गरी नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेको पाइएको छ । कतिपय स्थानमा भने केही व्यक्ति मध्यरातमा हिँडेर वारि आउने र पाहुना लाग्ने गरेका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: