Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव मागेका छन्।

उनले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग सम्बन्धमा सबै स्थानीय तहसित सुझाव मागेको हो । यसबारे स्थानीय तहले के–के गर्न सक्ने तथा प्रदेश र सङ्घीय सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा समेत मन्त्री भुसालले सबै स्थानीय तहबाट सल्लाह–सुझाव लिइने आफ्नो अवधारणामा स्पष्ट पारेका छन् । उनले सो अवधारणाअनुसार अघि बढ्न मुलुकका सवै स्थानीय तहलाई निर्देशन दिएका छन् । कोरोना भाइरसका कारण हाललाई सबैसित छलफल गर्न सम्भव नभएकाले मन्त्री भुसालले स्थानीय तहसँग सुझाव मागेको हो ।

कृषिको विकासका लागि हालसम्म गरिएका प्रयासलाई सार्थक बनाउन तथा कमजोरी हटाउने उद्देश्यले मन्त्रालयले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ नाराअन्तर्गत पाँच वटा नीतिगत आधारसहितको कृषि विकासको अवधारणा ल्याएको छ । व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउ÷नश्ल, मल, सिँचाइ, बिजुलीलगायत उत्पादनका मुख्य सामग्रीमा अनुदान दिइने, सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेण्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गर्दै प्रत्येक किसानलाई पाँच प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋण उपलब्ध गराउने तथा सबै किसानलाई प्राविधिक सेवा उपलब्ध गराउने अवधारणा मन्त्रालयले अघि बढाएको छ । सो अवधारणाअनुरुप हाल मुलुकभरका स्थानीय तहमा कृषि तथा पशु सेवातर्फ रिक्त रहेका छ हजार प्राविधिक जनशक्तिको दरबन्दीमा पदपूर्ति गरिने मन्त्रालयको योजना छ ।

मन्त्रालयले सबै बालीवस्तुको बीमा गर्ने अवधारणा ल्याएको छ । “कृषि तथा पशुपक्षी बीमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पु¥याउने सुनिश्चितता गरिने छ । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बाली–वस्तुको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ”, अवधारणामा उल्लेख छ । किसानले उत्पादन गर्ने मुख्य बाली–वस्तुको उत्पादन लागतको मूल्याङ्कन गरी उचित बचतको ग्यारण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिनेछ । किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्ने तथा बजारमा न्यूनतम मूल्य नपाएको अवस्थामा स्वयं सरकारले खरिद गर्ने व्यवस्थाको तयारीमा मन्त्रालय जुटेको छ ।

“यी नीतिगत आधारको मूल उद्देश्य मुलुकमा कृषिकर्म गर्ने कुनै पनि व्यक्तिले न्यूनतम बचत प्राप्त गर्छ भन्ने कुराको प्रत्याभूति गराउनु हो । यसबाट हरेक किसानले आफ्नो सामान्य जीवन निर्वाहका लागि चिन्ता गर्नुपर्ने छैन । जति बढी उत्पादन, त्यति बढी बचतको ग्यारण्टी हुँदा हामीले दशकौँदेखि भन्दै आएको आयात प्रतिस्थापन अर्थात् आत्मनिर्भरता स्वतः कार्यान्वयन हुँदै जानेछ”, अवधारणामा उल्लेख छ । यो अवधारणाले श्रमबजारमा जुट्ने युवा जनशक्तिका लागि कृषिले ठूलो अवसर प्रदान गर्ने मन्त्री भुसालको विश्वास छ । वैदेशिक रोजगारीबाट फर्कनेलाई समेत यसले स्पष्ट विकल्प दिनेछ । “हामीले अघि सारेका नीतिको कार्यान्वयनले कृषि क्षेत्रका समस्यालाई आधारभूत रूपमा समाधान गर्न सकिनेछ”, मन्त्री भुसालले स्पष्ट पार्नुभएको छ ।

अघि बढाएका नीतिगत आधारको कार्यान्वयनका लागि तीनवटै तहका सरकार, सहकारी र निजी क्षेत्रको भूमिकालाई उचितरूपमा संयोजन गर्नुपर्ने मन्त्रालयले जनाएको छ । उत्पादनका लागि बजार, जमिनको चक्लाबन्दी, कृषिकर्ममा यान्त्रिकीकरण, भण्डारण, प्रशोधनलगायत सिँचाइ, विषादी व्यवस्थापन, रोग नियन्त्रण, नयाँ प्रविधि तथा उन्नत जात÷नश्लको अनुसन्धान र विकास, पर्यावरणीय कृषिलगायत कार्यक्रम एकसाथ सञ्चालन गर्नुपर्नेमा मन्त्री भुसालले जोड दिनुभएको छ । “यी सबै काम सम्पन्न गर्न उत्पादन सामग्रीमा दिइने अनुदान, ऋणको ब्याजमा सहुलियत र प्राविधिक सेवा जुनसुकै बाली–वस्तु उत्पादन गर्ने किसानलाई दिनुपर्छ”, अवधारणामा प्रष्ट पारिएको छ ।

यस्तै न्यूनतम समर्थन मूल्यको निर्धारण तथा खरिदको ग्यारेण्टी कुन–कुन बाली–वस्तुमा गरिनेछ भनेर तोक्नु आवश्यक हुने, अहिलेको आयात र आवश्यकताका हिसाबले धान, मकै, गहुँ, आलु, उखु, फलफूल (तराईमा आँप र केरा, पहाडमा कागती, सुन्तला र केरा तथा हिमालमा स्याउ), माछा, मासु (कुखुरा, बाख्रा, राँगा, बुङ्गुर), अण्डा र दूधलाई मुख्य बाली–वस्तुको कोटीमा राख्नुपर्ने मन्त्री भुसालको अवधारणामा उल्लेख छ । प्रादेशिक र स्थानीय हिसाबले कहीँ चिया र अलैँची कहीँ ओखर वा अन्य बाली–वस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवा र सबै बाली–वस्तुको बीमाको कार्यान्वयन मुलुकभर एउटै मापदण्ड र प्रक्रियाबाट गरिनुपर्ने योजना अघि बढाइएको छ ।

बाली–वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने र किसानले बजारमा बिक्री गर्न नसकेको बाली–वस्तु खरिद गर्ने व्यवस्था सङ्घीय, प्रदेश र स्थानीय तहले गर्नुपर्ने छ । जमिनको चक्लाबन्दी र बाँझो जमिनको उपयोग आगामी कार्यक्रमको महत्वपूर्ण विषय हुनेछ तथा यसको कार्यान्वयनका लागि मुख्यगरी स्थानीय तहले भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ । मन्त्रालयको आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट सङ्घीय, प्रदेशका मन्त्रालय तथा सबै स्थानीय तहसितको समन्वय र सहकार्यद्वारा तयार गर्नुपर्ने मन्त्री भुसालको धारणा छ । “सङ्घीय मन्त्रालय र सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरूसित पटक–पटक छलफल गरी विभिन्न विषयमा समझदारी गरिएको छ”, मन्त्री भुसालले भने । ती समझदारीका आधारमा हरेक प्रदेशमा त्यस प्रदेशभित्रका स्थानीय तहको नेतृत्वसँग समेत छलफल गर्ने योजना रहेको उनको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE