Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

स्वास्थ्य सामग्री खरिद गर्न ५ मुलुकमा पत्राचार

काठमाडौं । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएसँगै नेपाली सेनाले खरिद प्रक्रिया अगाडि बढाएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - स्वास्थ्य सामग्री खरिदका लागि ५ देशलाई पत्राचार गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले रक्षा मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र हुँदै भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई पत्राचार गरिएको जानकारी सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले दिए ।

उनले रक्षा मन्त्रालयको स्वीकृति पाएसँगै स्वास्थ्य सामग्री खरिदका लागि भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई पत्राचार गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएकोमा परराष्ट्रले ती देशलाई स्वास्थ्य सामग्रीको सूचीसहित पत्राचार गरेको बताए ।

उनले ती मुलुकबाट आउने जवाफका आधारमा खरिद प्रक्रिया अगाडि बढाइने जानकारी दिए । उनले कोरोना क्राइसिस म्यानेजमेन्ट टिम (सीसीएमसी) द्वारा तयार पारिएको स्वास्थ्य सामग्रीको सूचीका आधारमा पत्राचार गरिएको स्पष्ट पारे । उनले जीटूजी प्रक्रियाबाट खरिद गरिने स्वास्थ्य सामग्री पत्राचार गरिएकामध्ये एउटा मुुलुकबाट मात्र खरिद गर्ने सोच रहे पनि आवश्यक सामान एउटै मुलुकसँग उपलब्ध हुन नसकेको अवस्थामा तीन वा चार मुलुकबाट पनि सामान खरिद गर्न सकिने बताए । भारतले यसअघि नै स्वास्थ्य सामग्री निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, नेपाली सेना मार्फत सरकारदेखि सरकार (जीटूजी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies