Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोरोना भाइरस जीवाणुको अर्थ राजनीति

काठमाडौँ । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै मानिस भोलि पनि कामविहीन बन्न सक्छन् ।

उक्त प्रतिवेदनमा अहिले नै पूर्ण या आंशिक रुपमा करिव २ अर्ब ७० करोड कामदार प्रभावित भइसकेको उल्लेख छ । विश्वको तथ्याङ्क हेर्दा कामगर्ने समग्र जनशक्तिको यो ८१ प्रतिशत हुन आउँछ । अमेरिकामा मात्र ४३ प्रतिशत मानिस वेरोजगार हुनसक्ने यस प्रतिवेदनले देखाएको छ । तर यो समस्यालाई अल्पकालीन भनिएकोले लामो समय त्यस्तो नहुने आशा गर्न सकिन्छ । तर अहिले नै कामविहीन भएको यो जनशक्तिले आगामी दिनहरुलाई पनि प्रभाव भने पार्ने देखिन्छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषले १७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण शुक्रबार नै गरेको छ । यसअघि १ सय ६० देशको प्रतिव्यक्ति आम्दानी बढ्ने प्रक्षेपण गरेको उसले कोरोनाको कहर शुरु भएपछि पुनः यस्तो प्रक्षेपण गरेको हो । कोरोनाको कहर चौतर्फी देखिएपछि आइएमएफले आफ्नो अघिल्लो प्रक्षेपण उल्ट्याएर यो नयाँ जारी गरेको हो ।

आइएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालिना जर्जिभा विश्वभरको सरकारले ८० अर्ब डलरको आर्थिक सहायता प्याकेज घोषणा गरेको बताए । ‘कोरोनाले सन् २०२० मा सङ्कट ल्याउनेछ भन्दै यदि अहिलेकै अवस्था लामो समय नभई सामान्य हुँदै गएमा सन् २०२१ मा विश्वको आर्थिक अवस्था सामान्य रुपमा सुधारतर्फ जानेछ उनको भनाई छ । यसअघि मार्चको अन्तिमतिर मुद्रा कोषले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरिसकेको घोषणा गरेको थियो । विश्वभर फैलिएको कोरोना भाइरस को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको घोषणा उसले उतिबेलै गरेको हो ।

निर्देशक जर्जिभाले यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुने अनुमान गरिएको बताएका थिए। विश्वको अर्थतन्त्र ठूलो सङ्कटतर्फ अघि बढेको आँकलन गर्दै उनले यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोषहरु खडा गर्नुपर्ने सुझाव दिएका थिए ।

भाइरसको प्रकोप बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विश्वका कैयौँ देशले लकडाउनको घोषणा गरेबाट अर्थतन्त्र धर्मराएको कोषले आँकलन गरेको थियो । बेरोजगारीको समस्या अचानक बढ्दो क्रममा रहेको र अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताएकी उनले शुक्रबार अवस्था झनै बिग्रिएको आँकलन गरेका छन्। यी आर्थिक आँकलनहरु महामारी केन्द्रित नै हुन् ।

‘ब्ल्याक डेथ’ का नाममा चिनिने चौधौँ शताब्दीको प्लेग महामारीको नरसंहारले युरोपको इतिहास बदलिदिएको थियो । चीनको सिल्क रोडहुँदै युरोप भित्रिएर करिब ३४ महिना चलेको भनिएको त्यो महामारीले युरोपको ठूलो जनसंख्यालाई मृत्युको मुखमा धकेलेको थियो । खासमा त यसले युरोपको त्यसताकाको अर्थराजनीतिमा नै परिवर्तन ल्याइदियो । एकातर्फ महामरीले श्रमिकको श्रम गर्ने बर्गको सङ्ख्या घटाइदिँदा श्रमको आपूर्तिमा कमी आयो भने अर्कातर्फ महामारीले थला पारेको युरोपले साधन र स्रोतको अभावमा आर्थिक सन्तुलन कायक गर्न पनि सकेन । जसका कारण महामारीअघि र पछिको यूरोप भनेर छुट्टिन पुग्यो । यसरी गरिबीमाा धकेलिएको युरोपले २० औँ शताब्दिको अन्त्यतिरबाट मात्र समृद्धिको बाटो खन्न थालेको हो ।

महामारीका मानवीय, राजनीतिक र आर्थिक प्रभावका पाटोको खोजी अहिले विश्वमै हुदैछ । अहिलेको विश्वमा कुनै एक देश एक्लै बाटो हिँडेर समृद्धिको मार्गमा पुग्न सक्दैन । चीनको वुहानमा देखिएको कोरोना जीवाणुले दुई महिनामै संसारको फन्को माारिसकेकोले सिंगो भूगोल नै एकअर्कामा अन्तरसम्बन्धित छ भन्ने उदाहरण सहजै लिन सकिन्छ । हरेक देशका अन्तर्राष्ट्रिय सम्बन्धहरु आजको विश्वमा आर्थिक हितको बाटो भएरै अघि बढ्ने गरेका छन् । मुलुकका राजनीतिक र कूटनीतिक सम्बन्धका आयामले आर्थिक आयामलाई नै अघि लाउने गर्दछन् । त्यसैले पनि अबको विश्वको अर्थतन्त्रको सम्भावित संरचनाबाटै अर्थराजनीतिको पाटो खुल्ने विश्लेषणहरु तर्क गर्छन् ।

विश्वको अर्थतन्त्र आफ्नो नियमित बाटोमा फर्किन कति समय लाग्ला भन्ने अनुमान अहिले नै गर्दा सही नहुन सक्छ । तर यसलाई विश्वका अर्थक्षेत्रका जानकारहरुले आधादेखि एक दशक लाग्ने अनुमान गर्दछन् । अहिले अनुमान गरिए अनुरुप नै यो महामारी ओरालो लाग्यो भने मात्र दशकसम्म अर्थतन्त्र आफ्नो पुरानो स्वरुपमा फर्किने अनुमान उनीहरुको छ । अमेरिकी विज्ञहरुले अबको दुई हप्ता अमेरिकामा कारोना महामारीको ‘पिक आवर’ ९उच्च विन्दु० भनेका छन् । बढी सङ्क्रमणको चपेटामा परेका इटाली र स्पेनमा पनि यही अनुमान छ । यदि अनुमानकै बाटोमा महामारी तल ओर्लियो भने यो अर्थतन्त्रले आफ्नो पूर्वअवस्था ग्रहण गर्न आधादेखि एक दशक लाग्छ भनिएको छ ।

यो महामारीको पहिलो निर्मम शिकार अमेरिका बन्ने आँकडामा देखिँदैछ । यसैले आर्थिक तथा सामाजिक पुनर्निर्माणको लागि अमेरिकी अगुवाइकै पहल कदमी बढी प्रभावकारी हुनजाला । र यसमा उसँगको आशलाग्दो आधार उसले नै सन् २००८ मा व्यहोरेको वित्तीय सङ्कट बन्नसक्छ । अमेरिकी उत्पत्तिको त्यो मन्दीले अमेरिकी अगुवाइको पुँजीवादी अर्थव्यवस्था र त्यसको औचित्यमाथि प्रश्न उठाएको थियो । हुनत यो महामारीले अमेरिकी समुदायमा गराउने क्षति त्योभन्दा बढी होला तर त्यस समयको पाठबाट पनि यतिबेला अझ चाँडो उठ्न उसलाई असजिलो नहोला ।

हुनत महामारीले आफ्नो अन्त्यको सङ्केत नगरीसकेकोले आज नै भोलि के होला भनेर अनुमान गर्नु हतार पनि हुनसक्छ । तर नेपालजस्ता विकासोन्मुख मुलुकको महामारीपछिको आर्थिक व्यवस्थापनका चुनौतीहरुका बारेमा भने अहिल्यैदेखि विश्लेषण ग¥यो भने भोलि आइपर्दा बाटो पहिल्याउन सहज हुनसक्छ ।

हाम्रो उपभोगमुखी अर्थप्रणाली, आयात, राजस्व आदि रेमिट्यान्सको कमीले खुम्चिने नै छन् । हाम्रा गन्तव्य मुलुकले रोजगारी कटौती गर्ने क्रम शुरु हुनेछ । यसले पहिलो शिकार त हामीलाई नै बनाउने छ । हिजो हामीले स्वदेशमै केही गरौँ भनेर युवाशक्तिलाई उत्प्रेरित गर्नुको सट्टा ‘फ्रि भिसा फ्रि टिकट’मै विदेशिन प्रेरित ग¥यौँ । यो मन्दीका कारण विश्वव्यापी रूपमा क्रयशक्ति घट्दा यहाँ रात बिताउन गुणस्तरीय पर्यटकको आगमन दुर्लभ हुन पनि सक्नेछ । यसले देशको समग्र पर्यटन क्षेत्रकै आय घट्न जाने त स्वाभाविकै भयो । यस्तो विश्वव्यापी मन्दीले हाम्रा योजना आयोजनाहरु समयमै सम्पन्न नहुन सक्छन् ।

अर्कातर्फ हाम्रो अर्थतन्त्रमा सहयोग अनुदानको पाटोमा पनि ह्रास आउन सक्छ । किनभने हाम्रा दाताहरु नै मन्दीमा फस्न सक्ने देखिन्छ । यसले गर्दा नेपालमा विदेशी मुद्रा सञ्चिति घट्ने र शोधानान्तर घाटा बढ्ने त हुने नै भयो । वैदेशिक सहायतामा आउने कमीले नेपालको आर्थिक क्षेत्रमात्र छुदैन यसले ओगटेका अनेकन सामाजिक आयामहरुमा पनि क्षति पुग्न जानेछ । त्यसैले वैदेशिक रोजगारीमा रहेको ठूलो जमात नेपाल फर्किने भएकोले यसलाई स्वदेशी कृषि उद्यममा लगाउन के गर्न सकिन्छ भन्ने बारेमा सरकारले अहिले नै सोच्दा राम्रो हुनेछ ।

गएको डिसेम्बरको अन्त्यतिर चीनको वुहान शहरबाट उत्पत्ति भएको कोरोना जीवाणुको औषधि पत्ता नलागेपनि चिनियाँहरुले कारण भने शुरुमै थाहा पाए । एक अर्काबाट टाढा रहनु नै नियन्त्रणको विकल्प सोचे र पूरै शहर लकडाउन गरे । तर उनीहरुको यो निदानात्मक विधिमाथि पश्चिमाहरुले नागरिक अधिकारको प्रश्न उठाए । जीवाणु चीनमा मात्र सीमित रहँदा युरोप अमेरिकातिर नियन्त्रणको विधि सोचिएन । चीनमा यसको वितण्डा देखिँदा यसले बाँकी विश्वलाई दुखेको भए र यसको निदानमा संयुक्त प्रयास थालेको भए आज यो हालत नहुन पनि सक्थ्यो । तर जब यसले इटालीको बाटो भएर सिंगो युरोप र अमेरिका विचरण गर्नथाल्यो बल्ल विश्वव्यापी बन्यो मुद्दा । त्यतिबेला यता चीन तङ्ग्रिइसकेको थियो । कोरोना जीवाणुसँग लड्ने चीनको आक्रामक विधिले वुहान र चीनलाई ७६ दिनमै पुरानो लयमा ल्याउन सक्यो । यतिखेर विश्वभरि आक्रामक रुप देखाइरहेको यो जीवाणुले वास्तवमा चीनले अपनाएको रणनीति खोज्दैछ ।

यतिखेर विश्वबजारमा छाएको वहस कोरोना युद्धपछिको विश्वको अर्थ र राजनीतिक संरचनाको हो । मानौँ कि विश्व व्यवास्थामा नै यो भाइरसले ‘प्रि–कोरोना एरा’ र ‘पोष्ट– कोरोना एरा’ को नयाँ आँठो लगाइदिने अनुमान धेरैले गर्दैछन् । तर यो अनुमानका लागि अहिल्यै तयार भइहाल्नुपर्छ भन्ने लाग्दैन । चौधौँ शताब्दिको प्लेगले युरोपमा ल्याएजस्तो उथलपुथल यसले विश्व व्यवस्थामा ल्याउलाजस्तो लाग्दैन । अहिलेका तर्कहरु कोरोना जीवाणुले अमेरिकामा बढी क्षति गरेको र यता चीन सामान्य भए पनि उत्पादन प्रणालीमा फर्किसकेकोले विश्वको दोस्रो अर्थतन्त्र पहिलोमा उक्लिनसक्छ भन्ने हो । अहिलेको विश्वमा आर्थिक स्वरुप या हैसियतले नै राजनीतिक संरचनाको स्थान निर्माण गर्छ भनिन्छ र केही हदसम्म त्यो हो पनि । जसका कारण विश्वको अहिलेको राजनीतिक संरचनामा पनि परिवर्तन आउन सक्ने अनुमानहरु गरिँदैछ ।

अमेरिकीहरु त्यहाँ कोरोना जीवाणु क्षतिको उच्च विन्दुमा पुग्न लागेको बताउँदैछन् । यो पूर्ण रुपमा नियन्त्रणमा नआउँदासम्म यसले लिने आर्थिक र राजनीतिक आयतनको मापन पनि त्यति सजिलो नहोला । वुहानको एक कुनामा उब्जिएको यो अदृश्य जीवाणुले दुई महिनामै यसरी संसारभरि यो रौद्ररुप धारण गर्ला भन्ने अनुमान यसअघि कसैलाई नभएजस्तै विश्व संरचनामै उथलपुथल आउनसक्ने अनुमानमा आधारित वहसहरु पनि अहिले नै सार्थक नहुन सक्छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies