Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

खबरडबली संवाददाता

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । 

आइतबार सहमति हुन नसकेपछि आज फेरि भएको वार्ताबाट दुवै पक्षले आठ बुँदे सहमतिको मस्यौदा तयार पारेको हो । मस्यौदा अनुमोदनको लागि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षा मन्त्री सस्मित पोेखरलेलाई पठाइएको छ । 

वार्ता टोलीले सरकारको जवाफ पर्खिरहेको डा. केसीका सहयोगी एवम् वार्ता टोलीका सदस्य डा। अमृत जैसीले जानकारी दिए। मोटामोटी सहमति भए पनि त्यसमा हस्ताक्षर हुन बाँकी रहेको भन्दै उनले थपे,“आठ बुँदेमध्ये केही थपघट पनि हुन सक्छ ।”

सरकारी टोली र डा। केसीबिच शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै ३०० शय्याको अस्पताल सञ्चालन गर्ने, चालु आर्थिक वर्षमै एमबिबिएस पठनपाठन सञ्चालन गर्ने सहमति भएको मस्यौदा तयार पारिएको छ ।

यसैगरी, रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई पदमुक्त गर्ने र उपकुलपति डा। सुनिलकुमार जोशीलाई यथावत राखेर ऐनमा स्वार्थ बाझिने व्यवस्थाका प्रावधान हटाउने लगायतका विषयमा सहमतिको मस्यौदा तयार पारेर पठाइएको छ । 

केसीले पाँच बुँदे माग राख्दै धनगढीमा अनशन गरिरहनू भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्नु पर्ने, शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी ९उपकुलपति र रजिस्ट्रार० नियुक्ति बदर गर्नु पर्ने उनको माग छ ।

यसैगरी, डा। केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारबिना निजी कलेजहरुमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल खारेज गर्नु पर्ने, जेनजी आन्दोलनमा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोेषीहरुलाई कडा कारबाही गर्नु पर्ने, २०४६ देखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ, पदाधिकारीबाट भएका भ्रष्टाचार एवम् अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु पर्ने लगायतका माग अगाडि सार्नु भएको थियो । 

वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, शिक्षा सचिव चूडामणि पौडेल सहभागी छन्।

यसैगरी, अनशरत डा। केसीको पक्षबाट डा. पवन थापा र अमृत जैसीले प्रतिनिधित्व गरिरहनू भएको छ ।  आफूले अगाडि सारेको माग सरकारले साउन ५ गतेसम्म सम्बोधन नगरेपछि डा. केसीले ७ गतेदेखि धनगढीमा अनशन गरिरहनू भएको छ ।

सुरुमा धनगढीको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्नु भएका केसीको स्वास्थ्य अवस्था जटिल बन्न थालेपछि शनिबार सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । उनको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । सहमतिपत्रमा हस्ताक्षर भएपछि केसीले अनशन तोड्ने जनाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending