कास्की । पृथ्वी राजमार्ग हुँदै पोखरा उपत्यका छिर्ने मुख्य नाकामा रहेको पोखरा महानगरपालिका–३२ ले नाकामा कडाइ गर्दै विपन्नलाई राहत वितरण गरेको छ । वडाले पोखरा छिर्ने तनहुँ र कास्कीको सीमा कोत्रे र कास्कीकै रुपा गाउँपालिकाका विभिन्न नाकामा नागरिकस्तरमा विशेष निगरानीका साथ लकडाउनलाई प्रभावकारी बनाउँदै विपन्न एवं असहायलाई राहत वितरण गरेको हो ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण र जारी लकडाउनका कारण दैनिकी सञ्चालनमा कठिनाइमा परेको परिवारलाई दैनिक जीविकोपार्जनमा परेको समस्यालाई दृष्टिगत गरी वडाले एक हजार ४४६ परिवारलाई राहत वितरण गर्न लागेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार राहत वितरणका लागि वडाका मजुवा, लामेआहाल, नयाँबस्ती खहरेखोला, छुची, ठूलापाटन, गढी, लामपाटन, स्कूलटोल, खुदीखोला, राजाका चौतारा मालमुल, स्यानघारी, खोलाको छेउ, सातमुहाने, मालेपाटन, ढोडबेँसी र देउराली फेदीका विभिन्न स्थानमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्थासँग सहकार्य एवं समन्वय गरिएको छ । प्रत्येक दुई परिवारका लागि २५ किलोग्राम चामल, दुई किलो दाल, एक–एक किलो केराउ र नुन, एक लिटर तेलको दरले राहत वितरण गरिएको उनले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: