Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

यो निर्वाचनको परिणाम स्वाभाविक देखिएन, पुराना दललाई विस्थापित गर्ने षड्यन्त्र जारी छ: अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको बताएका छन्।

शुक्रबार जारी गरिएको आफ्नो अपिलमा अध्यक्ष ओलीले नयाँ र पुरानाको नाममा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका राजनीतिक दल तथा नेतृत्वलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गरेका छन्।

उनले अपिलमा लेखेका छन्, “नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ।”

अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनापछि प्रतिगमनतर्फ उन्मुख भएको मुलुकलाई संवैधानिक लोकतन्त्रको मार्गमा फर्काउन प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा एमालेले अघि सारेको बताएका छन्। तर, अन्य लोकतान्त्रिक दलहरूको समर्थन नपाएकाले निर्वाचनमा सहभागी हुन बाध्य भएको उनको भनाइ छ।

उनले लेखेका छन्, “प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संवैधानिक लोकतन्त्रको बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएकाले हाम्रो पार्टी पनि निर्वाचनमा जान बाध्य भएको थियो।”

ओलीले अन्य दलहरूको सहयोग नपाएको अवस्थामा सम्पन्न निर्वाचनमा एमालेले अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गरेका छन्। उनका अनुसार निर्वाचनको नतिजा एमालेका पक्षमा मात्र नभई नेपालका प्रमुख लोकतान्त्रिक दलहरूको पक्षमा समेत नदेखिएको दाबी गरिएको छ।

अपिलमा उनले भनेका छन्, “निर्वाचनको परिणाम हाम्रो पार्टीको पक्षमा रहेन। नेपालका प्रमुख लोकतान्त्रिक पार्टीहरूको पक्षमा समेत रहेन।”

अध्यक्ष ओलीले निर्वाचन प्रक्रियाप्रति समेत आशंका व्यक्त गरेका छन्। यद्यपि, यस विषयमा पार्टीले विस्तृत समीक्षा प्रतिवेदनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।

उनले अपिलमा उल्लेख गरेका छन्, “यो निर्वाचन अघिल्ला निर्वाचनहरूजस्तो रहेन। यसको परिणाम पनि स्वाभाविक देखिएन। यस सम्बन्धमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण सार्वजनिक गर्नेछ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

सरकारको सय दिनमा एमालेको समीक्षा: सरकारका सय दिनका काम फितलो र विवादास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending