Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

कोरोनाभाइरसका कारण नक्कली औषधीको बिगबीगी, १ सय २१ जना पक्राउ

एजेन्सी । विश्वभरि नै मानिसहरूले अत्यावश्यकीय औषधीहरू थुपारेर राखिरहेका छन्। यद्यपि, विश्वका दुई ठूला औषधी आपूर्ति गर्ने देश चीन र भारत लकडाउनमा गएपछि, आपूर्ति भन्दा माग बढेको छ र खतरनाक खालका नक्कली औषधीहरूको व्यापार बढिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेकै साता औषधीसम्बन्धी अपराधविरुद्ध काम गर्ने इन्टरपोलको विश्वव्यापी इकाइ अपरेसन पान्जियाले जम्मा सात दिनमा ९० वटा देशभरीबाट १२१ जनालाई पक्राउ गरेको थियो।

त्यसक्रममा १ करोड १४ लाख डलर बराबरका घातक खालका औषधी जफत भएको थियो।

प्रहरी अधिकारीहरूले मलेशियादेखि मोजाम्बिकसम्म दशौँ हजार नक्कली मास्क र औषधी जफत गरेका थिए। ती मध्ये धेरै औषधीले कोरोनाभाइरस निको पार्न सक्ने दाबी समेत गरेका थिए।
स्वास्थ्य सङ्कटका बेला औषधीजन्य नक्कली सामग्रीको अवैध व्यापारले मानिसको जीवन पूर्ण रुपमा अवमूल्यन गरेको देखिन्छ,\' इन्टरपोलका महासचिव युर्गन स्टकले भने।

विश्वस्वास्थ्य सङ्गठनका अनुसार ३० अर्ब डलर बराबरका नक्कली वा म्याद नाघिसकेका औषधीको व्यापार न्यून र मध्यम आय भएका देशहरूमा हुने गर्छ।

त्यसरी व्यापार हुने औषधीले शरीरमा नराम्रो असर गर्न सक्छ अथवा ती औषधीमा या त आवश्यक तत्त्व हुँदैन वा खराब तत्त्व हुन्छ।

\'धेरैजसो अवस्थामा त्यस्ता (नक्कली औषधी) ले जे रोग निको पार्नु पर्ने हो त्यो पार्दैनू, \'नक्कली औषधीबारे काम गर्ने विश्व स्वास्थ्य सङ्गठनको टोलीमा रहेकी पर्नेट बुडिलियन इस्टिभले भनिन्।

तर केही खराब अवस्थामा भने ती औषधीले नराम्ररी असर गर्छ, किनभने ती औषधीमा केही विषाक्त सामग्री हुनसक्छ।

आपूर्ति सञ्जाल
विश्वव्यापी औषधी उद्योग १० खर्ब डलरभन्दा बढीको छ र यसको आपूर्ति गर्ने सञ्जाल व्यापक ठूलो छ।

चीन र भारत जस्ता देश प्रमुख औषधी उत्पादक हुन् भने युरोप, दक्षिण अमेरिका वा एसियामा रहेका गोदामहरूमा त्यसलाई प्याकेज गरिन्छ र विश्वभरका सबै देशहरूमा वितरकले औषधी पठाउँछन्।

इस्टिभ भन्छिन्, \'औषधी जति विश्वव्यापी सायद अरु केही भएको छैन।\'

यद्यपि, विश्वका धेरै मुलुक लकडाउनमा गएसँगै, आपूर्ति गर्ने सञ्जालमा गडबडी आउन थालिसकेको छ।

भारतमा रहेका थुप्रै औषधी उत्पादक कम्पनीहरूले आफ्नो क्षमताभन्दा ५०-६० प्रतिशत कम काम गरिरहेको बीबीसीलाई बताएका छन्।

भारतीय कम्पनीहरूले २० प्रतिशत अत्यावश्यकीय औषधीहरू अफ्रिका महादेशमा पठाउने भएकोले अफ्रिकी मुलुकहरू नराम्ररी प्रभावित हुनेछन्।

जाम्बियाको लुसाकाका एक औषधी विक्रेता इफ्राइम पिरीले आफूले तनाव महसुस गर्न थालिसकेको बताए।

औषधीहरू सकिन थालिसके र हामी त्यसको पुनस्पूर्ति गरिरहेका छैनौँ। हामीले गर्नसक्ने केही छैन। खासगरी एन्टिबायोटिक र औलोका अत्यावश्यकीय औषधीहरू पाउन मुस्किल छ।

औषधी बनाउन आवश्यक पर्ने कच्चा सामग्री पनि अहिले निकै महङ्गो भएकोले उत्पादक र आपूर्तिकर्ता त्यसका लागि कठिनाइ भोगिरहेका छन्। केही कम्पनीहरू त यस्तै अवस्थामा सञ्चालन भइरहन सक्दैनन्।

औलोको औषधीका लागि चाहिने हाइड्रोक्लोरोक्वीन नामक कच्चा सामग्रीहरू यसअघि आफूले प्रति किलो करिब १ सय डलरमा किन्ने गरेको पाकिस्तानका एक उत्पादकले बताए।

तर अहिले, उक्त सामग्रीको मुल्य बढेर प्रति किलो ११ सय ५० डलर पुगेको छ।

धेरै सङ्ख्यामा देशहरू लकडाउनमा गइरहँदा, उत्पादनमा कमी आउनुमात्रै समस्या होइन। यस्तो अवस्थामा मानिसहरूले आत्तिएर आवश्यक पर्नसक्ने औषधी थुपारेर ह्वात्तै माग बढ्नु पनि समस्या हो।

घट्दो आपूर्ति र बढ्दो मागको यस्तो अमिल्दो अवस्थाले गर्दा नै नक्कली औषधीको बिक्री हुने र उत्पादनमा खतरनाक वृद्धि हुने भन्दै विश्वस्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ।

\'जब माग अनुसार आपूर्ति हुँदैनू\', इस्टिभ भन्छिन्, \'नक्कली वा कम गुणस्तरका ‍‍‌औषधीहरूले नै माग पूरा गर्न खोज्ने वातावरण बन्छ।\'

नक्कली औषधी
विश्वभरका औषधी उत्पादक कम्पनीहरूसँग कुरा गर्दा उनीहरू औलोको औषधीको विश्वव्यापी आपूर्ति अहिले सङ्कटमा रहेको बताउँछन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका ब्रिफिङहरूमा क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनको सम्भावनाबारे बताउन थालेपछि यी औषधीहरूको माग विश्वव्यापी रुपमा बढ्न थालेको छ।

यी औषधीहरू सामान्यतः औलो निको पार्नका लागि प्रयोग हुन्छन्।

क्लोरोक्वीन वा हाइड्रोक्सीक्लोरोक्वीनले कोभिड(१९ गराउने भाइरसविरुद्ध निश्चित रुपमा काम गर्छ भन्ने कुनै प्रमाण नभएको कुरा विश्वस्वास्थ्य सङ्गठनले पटक पटक दोहोर्‍याएको छ।

यद्यपि, हालैको प्रेस सम्मेलनमा औलोका यी औषधीबारे बोल्दै ट्रम्पले भने - \'तपाईँले के गुमाउनुपर्छ र ? खानुस्।\'

माग ह्वात्तै बढेसँगै, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र क्यामरुनमा नक्कली क्लोरोक्वीनको ठूलो परिमाणमा बिक्री भइरहेको बीबीसीले पत्ता लगाएको छ।

सामन्यतस् क्लोरोक्वीनका १ हजार ट्याब्लेटको बट्टाको करिब ४० अमेरिकी डलर पर्छ तर प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्थानीय औषधी विक्रेताहरूले त्यसलाई २ सय ५० डलरसम्ममा बिक्री गरिरहेको पाइएको थियो।

त्यसरी बिक्री भएको औषधी बेल्जियममस्थित ुब्राउन एण्ड बुर्क फार्मास्युटिकल लिमिटेडु मा उत्पादन भएको बताइएको थियो।

यद्यपि, ब्राउन एण्ड ब्रुकलाई सम्पर्क गर्दा यूकेमा दर्ता भएको उक्त ‍‍औषधी उत्पादक कम्पनीले \'हामीलाई यसबारे केही थाहा छैन। हामी यो औषधी बनाउँदैनौँ यो नक्कली हो\' भनि प्रतिक्रिया दिएको छ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा औलोको नक्कली औषधीको बिक्री भएको पाइएको थियो
अक्स्फर्ड विश्वविद्यालयका नक्कली औषधीसम्बन्धी विज्ञ प्राध्यापक पल न्यूटन कोरोनाभाइरसको विश्वव्यापी महामारी जारी रहँदा विश्वभरका सरकारहरूले एउटा एकीकृत मोर्चा नबनाउँदासम्म नक्कली र घातक औषधीको विक्रीवितरण केवल वृद्धि मात्रै हुने भन्दै सचेत गराउँछन्।

हामी सबैले विश्वव्यापी रुपमा एउटा समन्वयात्मक योजना नल्याउँदासम्म कमसल र नक्कली औषधीको समानान्तर महामारीको जोखिम रहिरहन्छ... अन्यथा आधुनिक औषधीको फाइदा... पनि गुम्नेछ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies