Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

कोशीका उद्योग, कृषि तथा सहकारी मन्त्रीले सार्वजनिक गरे सय दिने काम

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले आफू नेतृत्वको मन्त्रालयले सय दिन प्राप्त गरेको उपलब्धिहरु सार्वजनिक गरेका छन् । 

मन्त्री हाङ्गामले सहकारी संस्थामा बचतकर्ताले गरेको बचतको सुरक्षाका लागि सहकारीलाई नियमन र व्यवस्थित गर्न सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरी १३ सय सहकारीलाई सूचिकृत गराएको कुरालाई मुख्य प्रगतिको रुपमा उल्लेख गरेका हुन् । 

त्यसैगरी उनले प्रदेशका संकटोन्मुख सहकारी संस्थालाई संकटग्रस्त घोषणा गरी बचत सुरक्षित गर्न समस्या समाधान तथा व्यवस्थापन समिति गठन गर्ने समिति गठन गरेको विषयलाई पनि महत्त्वपूर्ण उपलब्धिको रुपमा सार्वजनिक गरेका छन् । कोशी प्रदेश सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त समिति गठन गर्ने निर्णय गरेको थियो । वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको भए पनि सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्रीले भने समिति गठन गर्ने निर्णयमात्र भएको भन्दै नाम सार्वजनिक गरेका थिएनन । 

मन्त्री खगेनसिं हाङ्गामले आफू मन्त्री भएपछि प्रदेशको सहकारी, कृषि, पशुपंक्षी, बिउबिजन, उद्योग वाणिज्य र उद्यमशीलताका क्षेत्रमा गरेका कार्यप्रगति पत्रकार सम्मेलन माफर्त सार्वजनिक गराएका थिए । कृषि कर्जा लिई व्यवसाय सञ्चालन गर्दै आएका किसानले वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज भुक्तानी गर्ने सम्बन्धी कार्यविधि तयार गर्ने काम अन्तिम चरणमा पुगेको, दुग्ध तथा मासुजन्य पदार्थको दीर्घकालीन निर्यात तथा आन्तरिक बजारमा स्वस्थ र स्वच्छ पशुजन्य उत्पादनको आपूर्ति गरी पशुपालनलाई दिगो र व्यवसायिक बनाउन खोरेत रोग नियन्त्रण कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको मन्त्री हाङ्गामले जानकारी दिए । 

कोशी प्रदेशमा खोरेत रोग नियन्त्रण गर्ने क्रममा यस वर्ष इलामका १० वटै स्थानीय तहहरुमा जोनिङ गरी खोप कार्यक्रम संचालन गरिएको, स्टार्टअप तथा कृषि व्यवसायमा लगानी प्रवद्र्धन गर्न कर्जा व्याजमा अनुदान उपलब्ध गराउने कार्यविधि स्वीकृतिको क्रममा रहेको उनले जानकारी दिए । 

मन्त्रालयले किसानलाई गुणस्तरीय बिउ उपलब्ध गराउन विधेयकको मस्यौदा साथै प्रदेशमा जीवनाशक विषादीको उत्पादन, निकासी, पैठारी, भण्डारण, बिक्री वितरण प्रयोग र विसर्जन जस्ता कार्यलाई व्यवस्थित गर्न विधेयकको मस्यौदा तयारी गरी मन्त्री परिषद्मा पेश गरिसकेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending