काठमाडौं । अब हरेक स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्नुपर्ने भएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई सरकारले पठाएको समान अनुदान र राजस्व र बाँडफाँट शीर्षकको बजेट रकमान्तर गरी कोरोना भाइरस सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्न निर्देशन दिएपछि कोष खडा गर्नुपर्ने भएको हो ।
महालेखा नियन्त्रक कार्यालयले कोषमा स्थानीय तहको आफ्नै आन्तरिक राजस्वसमेत खर्च हुनेगरी कोष खडा गर्न निर्देशन गरेको छ । उक्त रकम स्थानीय तहको प्रकोप व्यवस्थापन कोषको खातामा जम्मा गरी सञ्चालन गर्न महालेखाले यसअघि नै सबै स्थानीय तहलाई आग्रह गरेको थियो ।
निर्देशन कार्यान्वयन नभएकाले शुक्रबार पुनः महालेखा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ ।
कोषबाट खर्च गर्दा मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर तथा असहायका लागि राहत उपलब्ध गराउने, सो राहत सामग्री एकद्वार प्रणालीबाट स्थानीय तहले नै उपलब्ध गराउनुपर्ने र त्यसका लागि कोरोना भाइरसको रोकथामका लागि बजेट खर्च गर्नु भनिएको छ ।
सबै स्थानीय तहले प्रकोप व्यवस्थापन कोषको खाताबाट मात्र राहत सामग्री खरिद तथा वितरणका लागि आवश्यक खर्च गर्न महालेखाले निर्देशित गरेको छ । महालेखा नियन्त्रक कार्यालयका सचिव गोपीनाथ मैनालीले सबै स्थानीय तहसँग कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र उपचारका लागि कोष खडा गर्न आवश्यक बजेट हुन नसक्ने भएकाले बजेटमा अभाव नहोस् भनेर यस्तो व्यवस्था गरिएको बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: