Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

औपचारिकतामा सीमित बिस्केट जात्रा

काठमाडौं । बिस्काः अर्थात् बिस्केट जात्राको प्रमुख आर्षकणका रूपमा रहेको भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो (ल्योसिं) को औपचारिक रूपमा पूजाअर्चना मात्र गरिएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - कोरोना भाइरस (कोभिड–१९) को त्रासले सम्पूर्ण विश्व नै त्रसित भएको तथा सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) का कारण विस्काः जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भेलुखेल ल्योसिंखेलमा ठड्याइएन ।

संस्कृतिविद् गणेश लाछीले यो वर्ष विस्काः जात्राको कुनै पनि उत्सव नभएर औपचारिक पूजाआजामा सीमित भएको बताए । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी ८ रात ९ दिनसम्म जात्रा मनाउने प्रचलन भए पनि यो वर्ष औपचारिक मात्र हुनेछ । लिच्छवि कालदेखि यो जात्रा सुरु भएको मानिन्छ  ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतीले विस्काः जात्राको मूल जात्रा तथा टोल टोलमा हुने ‘तिप्वा जात्रा’, ‘खः ल्वाकेगु जात्रा’, ‘द्यो स्वगं वियगु जात्रा’ लगायतका अन्य जात्रासमेत औपचारिक पूजाआजामा सीमित गर्ने निर्णय भएको जानकारी दिए । विक्रम संवत् अनुसार सौर्यमासको आधारमा मनाइने बिस्काः जात्रा बिःसीत अर्थात् नागनागिन मरे भन्ने भावका आधारमा लिच्छवि कालदेखि मनाइँदै आएको संस्कृतविद् सत्यमोहन जोशीले बताए ।

नेपाल संवत् २६८ अर्थात् लिच्छवि कालभन्दा अगाडिको यो जात्रालाई मल्ल राजा जगत्ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रालाई अझ व्यवस्थित गरी ८ रात र ९ दिन मनाउने प्रचलन बसाएका हुन् ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण जात्रा पर्वमा असर पुर्‍याए पनि यसमा दुःखी नहुन इतिहासविद् जोशी आग्रह गर्छन् ।

बिस्काः जात्रा यसरी औपचारिक पूजाआजामा मात्रै सीमित भएको यो पहिलो पटक भने होइन । संस्कृतिविद् ओम धौभडेलका अनुसार नेपाल संवत् ७८०–७८१ मा काठमाडौँका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गर्दा पनि यस्तै भएको थियो । उनी युद्धको समय भएकाले मानिस आफ्नो देश रक्षाका लागि युद्धमा होमिए ।

घरको ढोकामा बसेर छेके । त्यसैले त्यो समयमा बिस्काः जात्रामा भैरवको रथ तानिएन भन्नुहुन्छ । चैत अन्तिम दिन भेलुखेलमा इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्थ्यो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE