Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

तिलगङ्गा आँखा अस्पतालमा दैनिक ५० देखि एक सय बिरामी

काठमाडौं । तिलगङ्गा आँखा अस्पतालको बहिरङ्ग विभाग र आकस्मिक कक्षमा गरी दैनिक ५० देखि १०० जनासम्म बिरामी आउने गरेका छन् ।

‘लकडाउन’ का समय भएकाले शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात् कुनै समस्या आइपरेका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजार बिरामी आउने गरेकामा अहिले झण्डै १०० जनासम्म आइरहेको अस्पतालले जनाएको छ । ती बिरामीमध्ये शल्यक्रिया गरेर ‘फलोअप’ आउने र आकस्मिक सेवा लिन आउने दुवै बराबर सङ्ख्यामा छन् । अस्पतालले सबै सेवा नियमित गरे पनि अत्यावश्यक बिरामीलाई मात्रै अस्पताल आउन भनिरहेको अस्पतालका निर्देशक डा रोहित सैँजुले बताए । उनले भने, “अहिले यातायातको पनि असहज भएकाले सामान्य जाँच गर्ने बिरामी त्यसपछि पनि आउन सक्नुहुन्छ ।”

‘लकडाउन’ पहिले दैनिक धेरै शल्यक्रिया हुने गरेकामा अहिले सातामा औसत सात÷आठ वटासम्म शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले आँखाका नियमित बिरामीलाई यहाँ कार्यरत चिकित्सकको टेलिफोन नम्बर उपलब्ध गराएको छ । बिरामीले आवश्यक पर्दा ती नम्बरमा चिकित्सकसँग सम्पर्क गरी आफ्नो समस्या राख्ने गरेका छन् । चिकित्सकले अति आवश्यक हुँदा अस्पतालमा बोलाउने तर कुनै समस्या सुन्दा त्यो सामान्य समस्या भएमा नजिकैका औषधि पसलमा गएर औषधि किनेर प्रयोग गर्न भन्ने गरेको उनले बताए । उनले भने, “उनीहरुलाई फोनमा नै अस्पताल आउने कि त्यहीँ औषधि किनेर प्रयोग गर्ने भन्ने सल्लाह दिइन्छ ।”

अस्पतालले नयाँ बिरामीको समस्या सुनेर अस्पताल आउन पर्ने वा नपर्ने सल्लाह दिने गरेको छ भने पुराना बिरामीको अस्पतालमा रहेको विवरणबाट उसको पहिलेको समस्याका बारेमा बुझ्ने गरेको छ । बिरामीको ‘हिस्ट्री’ हेर्दा उसको समस्या जटिल भएमा मात्रै अस्पताल बोलाउने गरिएको निर्देशक डा सैँजुले बताए। उनले भने “बिरामीलाई नै आउन सजिलो नभएकाले अति आवश्यक नभई नआउन भनिएको हो ।”

अस्पतालले बिरामी गेटबाट प्रवेश गर्नासाथ सामान्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । बिरामीको विवरण सोध्दा शङ्का लागेका व्यक्तिलाई उसको तापक्रम हेर्ने र मास्क नलगाएको व्यक्तिलाई मास्क लगाएर र सेनिटाइजरले हात सफा गरेर मात्रै प्रवेश गराइन्छ । यदि कुनै व्यक्तिमा कोभिड–१९ को शङ्का लागेमा उसलाई नजिकैको कोभिड क्लिनिक पठाउने व्यवस्था मिलाइएको छ ।

अस्पतालले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल वा सिनामङ्गलस्थित काठमाडौँ मोडल अस्पतालमा पठाउने व्यवस्था मिलाएको छ । त्यस्तै, अस्पतालको क्षेत्रफल ठूलो भएकाले भित्र सामाजिक दूरी कायम गराउन पनि कठीन नभएको उनले बताए । उनले भने, “पहिले दैनिक एक हजारभन्दा बढी बिरामी जाँच गरिरहेको ठाउँ भएकाले दैनिक १०० जनालाई सामाजिक दूरी कायम गर्न गाह्रो छैन ।”

अस्पतालमा बिरामीको चाप कम भएकाले आवश्यक सङ्ख्यामा मात्रै कर्मचारी आउने गरेका छन् । चिकित्सक, अरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ गर्ने व्यक्तिसमेत गरि दैनिक ५० देखि १०० जनासम्म कर्मचारी अस्पतालमा आइरहेको निर्देशक डा सैँजुले बताए । अरु कर्मचारीसमेत आवश्यक पर्नासाथ सेवामा आउनका लागि तयारी अवस्थामा रहेको उनले बताए।

अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री पनि पर्याप्त नभएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीका लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) अहिले झण्डै १० थान मात्रै रहेको छ । सङ्क्रमितको सङ्ख्या बढेपछि थप सामग्री आवश्यक पर्नै भएकाले थप सामग्री माग गरिएको हो । स्वास्थ्य मन्त्रालयसँग थप सामग्री माग गरिए पनि अहिलेसम्म नपाएको उहाँको गुनासो छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले मास्क, पञ्जा, गाउन पनि प्रयोग गरिरहेका छन् । मास्क र पञ्जा प्रयोग गरेपछि फाल्ने भए पनि गाउन दैनिक धोएर पटक पटक प्रयोग भइरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE