काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न हुने बताएका छन्। उनले चालु बजेट अधिवेशनबाट उक्त कानुन पारित हुन नसके अर्को वर्षको निर्वाचन थप जटिल बन्ने मात्र होइन, निर्वाचन नै प्रभावित हुन सक्ने चेतावनी दिएका हुन्।
मंगलबारदेखि ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका भण्डारीले सोमबार निर्वाचन आयोगमा आयोजित बिदाइ कार्यक्रममा आफ्नो कार्यकालका अनुभव सुनाउँदै निर्वाचनसम्बन्धी कानुनी सुधारमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरे।
उनका अनुसार आयोगले तयार पारेको एकीकृत निर्वाचन कानुनको मस्यौदा तीन वर्षअघि नै सम्बन्धित मन्त्रालयमा बुझाएको भए पनि हालसम्म संसद्मा पेश हुन सकेको छैन। समयमै कानुन नबने निर्वाचन व्यवस्थापन थप कठिन बन्ने उनको भनाइ छ।
भण्डारीले बदलिँदो समयसँगै निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै ई–भोटिङ र आई–भोटिङजस्ता आधुनिक व्यवस्थालाई कानुनी आधार दिनुपर्ने बताए। नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्न पनि यस्ता प्रविधिलाई कानुनमा समावेश गर्नु आवश्यक रहेको उनले उल्लेख गरे।
उनले आयोगको सूचना प्रविधि प्रणालीलाई स्तरोन्नति गर्ने, आधुनिक पूर्वाधार निर्माण गर्ने तथा आयोगको स्वामित्वमा रहेको जग्गाको प्रभावकारी उपयोग गर्ने योजना रहे पनि विभिन्न कारणले ती काम पूरा हुन नसकेको जानकारी दिए।
आगामी दिनमा निर्वाचन व्यवस्थापन अझ चुनौतीपूर्ण हुने उल्लेख गर्दै उनले सबै राजनीतिक दल र सरोकारवालाबीच प्रभावकारी समन्वय कायम गर्न सक्ने नेतृत्व आवश्यक पर्ने बताए। विभिन्न धारणा र स्वार्थबीच सन्तुलन कायम गर्दै निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्नु आयोगका लागि मुख्य जिम्मेवारी हुने उनको भनाइ थियो।
आफ्नो कार्यकालमा संविधानले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रयास गरेको उल्लेख गर्दै भण्डारीले निर्वाचन आयोगको भावी नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १३:४४
झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...
आषाढ़ २३ गते, २०८३ - १३:३६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...
आषाढ़ २३ गते, २०८३ - १२:५६
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...
आषाढ़ २३ गते, २०८३ - १२:४५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् म...
आषाढ़ २३ गते, २०८३ - १२:३६
पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...
आषाढ़ २३ गते, २०८३ - १२:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...
आषाढ़ २३ गते, २०८३ - ११:५९
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...
आषाढ़ २३ गते, २०८३ - ११:४४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अ...
आषाढ़ २३ गते, २०८३ - ११:३८
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक सोमबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा परराष्ट्रमन्त्री शिशिर खना...
आषाढ़ २३ गते, २०८३ - ११:३०
दुबई। इरानका दिवङ्गत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि...



प्रतिकृया लेख्नुहोस्: