Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

आफ्नो देश फर्कन नपाएका विदेशी पर्यटकलाई गाउँपालिकाद्वारा खानाको व्यवस्था

तनहुँ । कोभिड–१९ को सम्भावित जोखिमका कारण स्वदेश नफर्किएका तनहुँको बन्दीपुर गाउँपालिकामा रहेका विदेशी पर्यटकलाई बन्दीपुर गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको छ । १२ जना विदेशी पर्यटकलाई गाउँपालिकाले स्वदेश फर्काउने व्यवस्था मिलाएपनि उनीहरु बन्दीपुरमै बसिरहेका छन् ।

विगत लामो समयदेखि नेपाल भ्रमणमा रहेका उनीहरुलाई गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । “नयाँ वर्षको अवसरमा ती पर्यटकलाई गाउँपालिकाको सहयोगमा खाना खुवाउने व्यवस्था मिलाइएको छ,” उनले भने, “आगामी दिनमा पनि उनीहरुलाई समस्या परे गाउँपालिकाले सहयोग गर्छ ।”

लामो समयदेखि नेपालमा रहेका कारण उनीहरुलाई बजेटको अभाव हुन सक्ने भएकाले भोलिका दिनमा बास र खाना दुवैको व्यवस्था समेत मिलाउने बारेमा पहल भइरहेको अध्यक्ष थापाले जानकारी दिए ।

बन्दीपुर पर्यटन विकास समितिका सचिव बसन्त पौडेलले बन्दीपुरमा अलपत्र परेका विदेशी पर्यटकको समस्या समाधानका लागि गाउँपालिका र पर्यटन विकास समितिले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । “उनीहरु बन्दीपुरमा बसिन्जेल आउन सक्ने सबै समस्या समाधानका लागि पहल गरिनेछ,” उनले भने ।

सचिव पौडेलका अनुसार विदेशी पर्यटकले धेरै समयदेखि नेपालमा रहेका कारण पैसा सकिन लागेको, लकडाउनका कारण भनेको समयमा पैसा साट्न नसकिएको गुनासो गरेका छन् । उनीहरुलाई खाना र बासको समस्या परेको खण्डमा पनि गाउँपालिका र पर्यटन विकास समितिको पहलमा उनीहरुलाई खाना र बासको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

नयाँ वर्षमा विदेशीसँग शुभकामना साटासाट

नयाँ वर्षको अवसरमा बन्दीपुर गाउँपालिका र पर्यटन विकास समितिले विदेशी पर्यटकसँग शुभकामना आदानप्रदान गरेका छन् । सोमबार कार्यक्रमको आयोजना गरी गाउँपालिकाले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै उनीहरुको समस्या बारे बुझ्ने प्रयास गरेको थियो ।

“विगतका वर्षमा नयाँ वर्षमा बन्दीपुर खचाखच हुन्थ्यो, तर अहिले कोरोना भाइरसका कारण बन्दीपुर सुनसान छ,” समितिका सचिव पौडेलले भने, “बन्दीपुरमा अलपत्र रहेका पर्यटकसँग शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनायौ ।”

बन्दीपुरमा फ्रान्सका पाँच, बेलायतका एक, रुसका दुई, चीनका एक, कोलाम्बियाका दुई, क्यानडकाा एक जना गरी १२ जना रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending