Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

दक्षिणी सीमामा कोभिड–१९ सङ्क्रमण देखिएपछि सशस्त्रको जनशक्ति थप , उच्च निगरानी

काठमाडौ । सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो ।

सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको हो । विभिन्न पहाडी तथा हिमाली जिल्लामा खटिएका र विभिन्न गणमा रहेको सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाइएको छ ।

यसअघि सीमा क्षेत्रमा नियमित १२२ सीमा निगरानी पोष्ट (विओपी) मा करिब तीन हजार सशस्त्र प्रहरी खटिएका थिए । रोगको जोखिम बढेसँगै गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि चैत अन्तिम साता पाँच हजार सुरक्षाकर्मी सीमामा पठाइएकामा अहिले त्यसलाई बढाएर आठ हजार पुर्याइएको जनाइएको छ ।

उनले यही वैशाख १ गते हिमाली तथा पहाडी जिल्लाबाट कटौती गरी सुरक्षा फौज तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत सीमामा खटाउन निर्देशन दिएका थिए। उक्त निर्देशनपछि सुरक्षा निकायले आवश्यक तयारी थालेको जनाइएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आजसम्म सातभन्दा बढी सुरक्षाकर्मी खटाएको थियो । आज मात्रै थप एक हजार १०५ जना सुरक्षा फौजलाई सीमामा पठाइएको जनाइएको छ । योसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीको आठ हजार ३३८ सुरक्षाकर्मीले निगरानी थालेका छन् ।

सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको १४ हजार २६३ जनशक्ति खटाइएको थियो । आठ हजार ३८३ थप भएसँगै कुल २२ हजार ६४६ सुरक्षाकर्मीले सीमावर्ती जिल्लाको निगरानी थालेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।

सीमा क्षेत्रमा जनशक्ति बढेसँगै अहिले सशस्त्रको निगरानी पोष्टको सङ्ख्या पनि बढेको छ । उनका अनुसार अहिले सीमा क्षेत्रमा अस्थायीसहित एक हजार २१३ सुरक्षा निगरानी चौकी स्थापना भएको छ । झण्डै डेढ किलोमिटरको दूरीमा सशस्त्रको पोष्ट स्थापना भएको छ । सुरक्षा फौज थपिएपछि सीमा आवतजावन प्रायः ठप्प जस्तै पारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार चितवनको माडीस्थित छरछरे, बाँदरझुला र वाल्मीकि आश्रम तथा सीमा नाका ठोरीमा समेत ३ नं। बाहिनीबाट १९ जना जनशक्ति थप गरिएको छ । यस्तै ४ नं। बाहिनीले परासीको त्रिवेणी क्षेत्रमा १८ जनशक्ति बढाइएको छ ।

यही वैशाख १ गते गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्लाका समेत दरबन्दी घटाएर सिमामा खटाउन निर्देशन दिएपछि हिमाली, पहाडी क्षेत्र र सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट सुरक्षाकर्मी त्यसतर्फ लगिएको हो । विगतमा ८७ सीमा निगरानी चौकी रहेकामा गृहमन्त्री थापाले गृहमन्त्रालय सम्हालेपछि १२२ निगरानी चौकी पुर्याएका थिए ।

सशस्त्र प्रहरीले अहिले सीमा क्षेत्रको आवतजावत रोक्न पैदल गस्ती, मोटरसाइकल साइकल, गाडी गस्तीसमेत गर्न थालेको छ । “फाट्टफुट्ट उपचारका लागि जानेआउने केही होला, तर सशस्त्र प्रहरीले आवतजावत पूर्ण रोकेको छ”, प्रवक्ता श्रेष्ठले भने, “निगरानी चौबीसै घण्टा गर्ने गरी व्यवस्था मिलाएकाले गोरेटो बाटोबाट समेत छिर्न पाउँदैनन् ।”

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरीले माग गरेजति जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिँदै अब सीमा क्षेत्रको आवागमनमा थप कडाइ भएको बताए । उनले नेपाल प्रहरीले जिल्ला र इलाका क्षेत्रको आआफ्नै क्षेत्रबाट सुरक्षा प्रदान गरिरहेको बताए । अहिले सीमा क्षेत्रको सुरक्षाको पूर्ण जिम्मेवारी सशस्त्र प्रहरीले लिएको छ ।

मुलुकमा कोरोना सङ्क्रमणको जोखिम जारी रहेकाले सरकारले यही वैशाख १५ गतेसम्म लकडाउनको आदेश जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ बाट अहिलेसम्म १६ जना सङ्क्रमित छन् । अधिकांश तेस्रो मुलुक र भारतबाट आएकामा रोग देखिएको छ । त्यसैले सरकारले विदेशबाट आएकाको खोजी खोजी स्वास्थ्य परीक्षण गरिरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies