Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको हो भन्ने भनाईंमा कति सत्यता ?

एजेन्सी । अमेरिकी विदेशमन्त्रालयले दूतावासका अधिकारीहरूसँग गरेका कूटनीतिक पत्राचार वा केबलहरूमा उनीहरू चीनको वुहानस्थित भाइरस प्रयोगशालाले अपनाएको जैविक सुरक्षाका उपायलाई लिएर चिन्तित रहेको पाइन्छ।

सो प्रयोगशाला कोरोनाभाइरसको पहिलो प्रकोप देखिएको शहरमै अवस्थित छ।

केही समयअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भाइरस उक्त प्रयोगशालाबाट बाहिरिएको भन्ने अप्रमाणित विवरणहरूलाई अमेरिकी सरकारले नियालिरहेको बताएका थिए।

त्यसोभए यो पछिल्लो विकासक्रमले वर्तमान महामारीको हाम्रो बुझाइमा के जानकारी वा ज्ञान थप्छ त ?

के छन् पत्राचारमा ?
वाशिङ्गटन पोस्ट पत्रिकाले कूटनीतिक पत्राचारबाट प्राप्त जानकारीबारे समाचार बनाएको छ। उसका अनुसार सन् २०१८ मा अमेरिकी विज्ञान कूटनीतिज्ञहरूलाई चिनियाँ अनुसन्धान केन्द्रमा पटकपटक पठाइएको थियो। ती अधिकारीहरूले प्रयोगशालामा अपर्याप्त सुरक्षा रहेको चेतावनीबारे वाशिङ्गटनलाई दुईपटक पत्राचार गरेर जानकारी गराएका थिए।

उनीहरूले वुहान इन्स्टिच्युट अफ भाइरोलोजी ९डब्ल्यूआइभी०मा सुरक्षा र व्यवस्थापनसम्बन्धी कमजोरी रहेको औँल्याएका थिए।

साथै ती कूटनीतिज्ञहरू सो प्रयोगशालाले चमेरामा हुने कोरोनाभाइरसको अनुसन्धान गरिरहेको र त्यसले सार्सजस्तो महामारीको जोखिम बढाएको उल्लेख गरेका थिए।

उक्त पत्रिकाका अनुसार ती पत्राचारले अमेरिकी सरकारभित्र अहिले कतै वर्तमान महामारीको स्रोत सोही प्रयोगशालाको भाइरस त होइन भन्ने छलफल चलेको छ। फक्स न्यूजले पनि सोहीबारे विवरण प्रस्तुत गरेको छ।

गत वर्षको अन्तिमतिर जब वर्तमान महामारी देखियो त्यतिखेर त्यसलाई वुहानको विविध जनावरका मासु किनमेल हुने बजारसँग जोडियो।

अनलाइनमा त्यसबारे निकै चर्चा भएपनि सार्स(कोभ(२ भाइरस ,जसले कोभिड(१९,रोग गराउँछ, त्यो प्रयोगशालाबाट दुर्घटनावश बाहिर फैलिएको भन्ने कुनै प्रकारको प्रमाण भेटिएन।

प्रयोगशालामा कस्ता सुरक्षा हुन्छन् ?
विश्वभरि भाइरस तथा ब्याक्टेरिया जस्ता जीवाणु अध्ययन गर्ने प्रयोगशालाहरूमा बीएसएल अर्थात् बायोसेफ्टी लेभल भनिने प्रणालीबद्ध रूपमा सुरक्षाका उपाय अपनाइएका हुन्छन्।

खतराको स्तर हेरिकन प्रयोगशालाहरू बीएसएल १ देखि ४ सम्म वर्गीकरण गरिन्छन्।

जसमा बीएसएल १ भनेको मानिसलाई जोखिम नहुने जीवाणु अध्ययन गर्ने प्रयोगशालाले अपनाउँछ भने बीएसएल ४ चाहिँ खतरनाक जीवाणु अनुसन्धान गर्ने प्रयोगशालाले अपनाउँछन्।

यो वर्गीकरण अन्तर्राष्ट्रिय रूपमै अवलम्बन गरिएका हुन्छन्। तर देशदेशबीच थोरै फरक भने हुन्छ।

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले विभिन्न प्रयोगशालाले अपनाउनु पर्ने विभिन्न स्तरका सुरक्षाबारे निर्देशिका जारी गरेको छ। तर त्यसलाई अनिवार्य लागु गराउने सम्बन्धी कुनै अन्तर्राष्ट्रिय सन्धि भने छैन।

ूती निर्देशिका प्रयोगशालामा काम गर्नेहरूको सुरक्षा तथा तिनले आफूलाई वा समुदायलाई सङ्क्रमित नगरुन् भनेर बनाइएका छन्। साथै त्यसमा दुर्घटनावश जीवाणु बाहिर नफैलियोस् भन्ने बारे सुरक्षाका उपाय हुन्छन्,ू किङ्स कलेज लण्डनकी बायोसेक्युरीटी विज्ञ डा फिलिपा लेन्जसले बताइन्।

अन्तर्राष्ट्रिय साझेदारहरूसँग पैसा लिन वा सहयोग गर्न प्रयोगशालाहरूमा यथोचित सुरक्षाका उपाय अपनाइएको हुनुपर्ने अभ्यास चलेको उनले बताइन्।

वुहानको प्रयोगशाला डब्ल्यूआइभीले पनि अमेरिका तथा अमेरिकी अनुसन्धान संस्थाहरूबाट आर्थिक सहयोग विगतमा पाएको छ। विगतका कूटनीतिक पत्राचारमा तिनलाई थप सहयोगको सुझाव पनि दिइएका छन्।

पत्राचारमा कस्ता कमजोरी औँल्याइएका थिए ?
छोटकरीमा भन्नु पर्दा वाशिङ्गटन पोस्टमा उल्लेखित जानकारीबाट त्यो थाहा हुँदैन।

सामान्यतया प्रयोगशालामा विविध किसिमका सुरक्षा कमजोरी हुनसक्छन्।

ूतिनमा कसले प्रयोगशालामा पहुँच पाएका छन्, वैज्ञानिक तथा प्राविधिकहरूलाई तालिम तथा पुनर्ताजगी तालिमको अवस्था के छ, लगत राख्ने प्रक्रिया कस्तो छ, जीवाणुहरूको सूची, दुर्घटना भए त्यसको जानकारी दिने प्रक्रिया, अनि आपतकालीन प्रक्रिया कस्तो छ भन्नेसँग सम्बन्धित हुन्छ,ू डा लेन्जसले भनिन्।

तर ती कूटनीतिक पत्राचारमा उल्लेखित चिन्ता कति अस्वाभाविक थिएरु
दुर्घटनाहरू भएका छन्। सन् २०१५ मा वाशिङ्गटन नजिकैको एउटा अनुसन्धान केन्द्रमा विफरको भाइरस राखिएका भायलहरू ९औषधि वा खोप राखिनेजस्ता साना सीसी०हरू कार्डबोर्डमा भेटिएको थियो।

त्यस्तै सन् २०१५ मा अमेरिकी सेनाले झुक्किएर घातक एन्थ्य्राक्सको सक्रिय नमुनाहरू देशभरिका नौवटा प्रयोगशाला अनि दक्षिण कोरियास्थित सैन्य अखाडामा पुर्‍याएको थियो। जबकि निस्क्रिय नमुना लैजानुपर्ने थियो।

अत्यन्त घातक जीवाणु अनुसन्धान गर्ने बीएसएल ४ स्तरका प्रयोगशाला थोरै छन्। विकिपिडियामा संसारभरिका जम्मा ५० वटा त्यस्ता प्रयोगशाला सूचीकृत पाइन्छन्।

सामान्यतया यस्ता प्रयोगशालामा अत्यन्त कडा सुरक्षाका उपाय अपनाइएका हुन्छन्। त्यसैले तिनले पालना गर्ने प्रक्रियाबारे कुनै चिन्ता हुनु अलि असामान्य नै हो।

के पहिले पनि भाइरस प्रयोगशालाबाट चुहिएका दाबी भएका थिएरु
थिए। नयाँ कोरोनाभाइरसबारे जानकारी प्रकाशमा आएलगत्तै त्यसको स्रोतबारे अप्रमाणित चर्चापरिचर्चा गरिए।

अनलाइनमा चर्चा गरिएको र ज्यानुअरीमा निकै फैलिएको एउटा विवरणमा सो भाइरस प्रयोगशालामा जैविक अस्त्रको रूपमा निर्मित भएको उल्लेख थियो।

तर वैज्ञानिकहरूले यो चर्चालाई बारम्बार खारेज गरिदिए। उनीहरूले यो भाइरसको उत्पत्ति कुनै जनावरमा भएको हुनसक्ने ( खासगरि चमेरोमा भएको हुनसक्ने बताए।

आधारभूत वैज्ञानिक अनुसन्धानका लागि भाइरसको निर्माण पनि गर्न सकिन्छ। यस्ता अनुसन्धानबाट जीवाणुले रोग गराउन सक्ने क्षमता तथा भविष्यमा त्यसमा हुनसक्ने परिवर्तन वा म्युटेसनबारे जानकारी प्राप्त हुन्छ।

मार्चमा प्रकाशित एउटा अमेरिकी अध्ययनले अहिलेको कोरोनाभाइरस त्यसरी कृत्रिमरूपमा निर्मित भएको कुनै सङ्केत फेला नपरेको उल्लेख गरेको छ।

ूचिनिएका कोरोनाभाइरसका स्ट्रेनलाई उपलब्ध जिनोम सिक्वेन्स डेटासँग तुलना गर्दा हामी यकीनका साथ के भन्न सक्छौँ भने सार्स(कोभ(२ प्राकृतिक प्रक्रियाबाट उत्पन्न भाइरस हो,ू त्यतिखेर सो अध्ययनकी एक लेखिका क्रिस्टियन एन्डरसनले बताएकी थिइन्।

अर्को दाबी चाहीँ कतै प्राकृतिक भाइरसनै प्रयोगशालाबाट दुर्घटनावश फैलिएको हो कि भन्ने छ। वुहानको सीफुड मार्केट र कम्तीमा दुईवटा अनुसन्धान केन्द्रको भौगोलिक निकटतालाई जोडेर यो दाबी गरिएको छ।

वुहानस्थित डब्ल्यूआइभीले चमेरोमा पाइने कोरोनाभाइरसहरूबारे अनुसन्धान गरिरहेको कुरा सार्वजनिक रूपमै थाहा भएका कुरा हुन्। उसको कार्य पूर्णतस् वैध रहेको तथा उसका निष्कर्ष अन्तर्राष्ट्रिय जर्नलहरूमा पनि प्रकाशित थिए।

विगतमा चीनले बेहोरेको सार्स महामारीको सन्दर्भमा यस्तो अनुसन्धान कुनै अनौठो पनि होइन।
डा लेन्जसका अनुसार उत्पत्तिको स्रोत एउटा कठिन प्रश्न हो। विश्वभरिका जैविक सुरक्षासम्बन्धी विज्ञहरूमाझ अचेल भित्रभित्रै निकै छलफल भइरहेको र तिनले चीनले अगाडि सारेको सीफुड मार्केटबाट भाइरस फैलिएको भन्ने कुरालाई पनि प्रश्न गरिरहेको उनले बताइन्।

तर वुहानका कुनै प्रयोगशाला सार्स(कोभ(२ वा वर्तमान महामारीको कारक रहेको कोरोनाभाइरसको स्रोत भएको भन्ने कुनै पनि प्रमाण भने छैन।

चीनले विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै कोरोनाभाइरस प्रयोगशालामा निर्मित नभएको भन्ने गरेको छ।

महामारीसँग जुझ्न नसकेको भनी अमेरिकी राष्ट्रपति ट्रम्प आलोचित भइरहँदा उनले यो प्रयोगशालासम्बन्धी कुराको छानबिन भइरहेको बताएका छन्।

चीनलाई बारम्बार महामारीको सुरुवाती चरणमा सूचना लुकाएको आरोप लाग्ने गरेको छ। अमेरिकी विदेशमन्त्रीले पनि बेइजिङ् पारदर्शी हुनुपर्ने भनेका छन्।

यिनै वाकयुद्धका माझ विश्वभरि यो भाइरसको स्रोतबारे वैज्ञानिक जाँचबुझका काम भने चुपचाप चलिरहनेछन्। बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies