काठमाडौँ । बन्दाबन्दीमा ग्राहकको घरमै ग्यास पुर्याउन हिँडेका व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि पसलमा भएको ग्यास उपभोक्ताले नपाउने भएका छन् ।
गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलका व्यवसायी कृष्णवीर श्रेष्ठ प्रहरीले आफूलाई नियन्त्रणमा लिई घण्टौँ राखेकाले उपभोक्ताका घरघरमा लैजान नसकिने भएको बताउँछन् । उपभोक्ता भने ग्यास नपाइने भएपछि भोकभोकै मरिने चिन्ता हुनलागेको गुनासो गर्छन् । काठ क्षेत्रका ग्रामीण भेगमा तीन चार किलोमिटरको दूरीमा मात्र ग्यास पसल छन् ।
सुन्दरीजलमा प्रहरी प्रभाग भए पनि बौद्धबाट आएको प्रहरीको भ्यानले मोटरसाइकलमा ग्यासको सिलिण्डर बोकेर अन्यत्रै हिँडेको भन्दै नियन्त्रणमा लिएको श्रेष्ठको गुनासो छ । घण्टौँ प्रहरीको नियन्त्रणमा बसेपछि वडा अध्यक्षलाई फोन गरेर जानकारी गराएपछि मात्र आफू छुटेको उनको भनाइ छ । श्रेष्ठका ग्राहक गोकर्णेश्वर–४ सम्म र कागेश्वरी मनोहरा नगरपालिका–१ मा पनि रहेका छन् ।
कागेश्वरी–१ का स्थानीयवासी नवीन्द्र ढकाल अरु साधनसमेत नचलेकाले चार किमीसम्म ग्यास बोकेर हिँड्न पनि मुस्किल हुने बताउँछन् । पहिले दाउराले खाना बनाउने गरेपनि हाल ग्यासमै भरपर्दा भोकभोकै बस्नुपर्ने हो कि भन्ने चिन्ता बढेको उनको गुनासो छ । बन्दाबन्दीमा नगरपालिकाले स्वयंसेवी खटाएको भने पनि सहजीकरणका लागि पहल हुने गरेको छैन ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्की ग्यासलगायत अत्यावश्यक सामग्री बोकेका सवारी रोकेर व्यवसायी नियन्त्रणमा लिने निर्देशन नदिएको बताउँछन् । खाद्य सामग्री, तरकारी र ग्यासलगायत अत्यावश्यक सामग्रीका पसल बिहानमात्र खुला गर्ने निर्णय बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौँ महानगरपालिका–६ ले गरेको जानकारी प्रहरीलाई प्राप्त भएको पनि उनले बताउँछन् ।
बजारमै भर पर्नुपर्ने नुन, चिनी, तेलजस्ता उपभोग्य वस्तुसमेत पाउन मुस्किल हुनथालेको स्थानीयवासीको भनाइ छ । बिहीबारदेखि नगरपालिकाले बिहान ९ः०० बजेसम्म मात्र पसल खोल्ने गरी सबै वडालाई निर्देशन दिएको गोकर्णेश्वरका प्रवक्ता मनोजकुमार ढुङ्गाना बताउँछन् । औषधिपसल भने दिनभर खुला हुनेछन् ।
नगरपालिकामा कोरोनाको आशङ्कामा ६८ जनामा ‘र्यापिड डाइग्नोष्टिक टेष्ट’ गरिएकामा सबैमा नेगेटिभ परिणाम प्राप्त भएको प्रवक्ता ढुङ्गानाले राससलाई जानकारी दिए । बन्दाबन्दीमा श्रमिकलाई राहत दिँदै आएकामा आजदेखि वडा नं. ८ मा दाता खोजेर खाना खुवाउन थालिएको नगरपालिकाले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: