रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा बिहीबार राति उहाँमाथि उक्त घटना भएको हो।
सांसद् पौडेलका अनुसार कार्यक्रम सकेर चन्द्रनिगाहपुरतर्फ फर्किरहेका बेला मास्क लगाएका दुई–तीन जना व्यक्तिले पछाडिबाट आएर परिचितजस्तै व्यवहार गर्दै अँगालो हाल्ने बहानामा उनको पिठ्युँमा कालो मसीजस्तो पदार्थ खन्याएका थिए। त्यसलगत्तै उनीहरू घटनास्थलबाट फरार भएका थिए।
घटनाबारे जानकारी दिँदै सांसद् पौडेलले भने, “हामी भेटघाट कार्यक्रम सकेर फर्किरहेका थियौँ। पछाडिबाट आएका व्यक्तिहरू नजिक आएर परिचितजस्तै व्यवहार गर्दै पिठ्युँमा कालो मसीजस्तो पदार्थ खन्याएर भागे।”
उनका अनुसार मसी प्रहार गर्ने समूहले हातमा रातो झण्डा र पर्चा बोकेको थियो। आफूलाई ‘मधेशी मुक्ति अभियान’का कार्यकर्ता बताउँदै उनीहरूले ‘मेचीदेखि महाकालीसम्मको भूभाग मधेशको हो’ भन्ने नारा लगाएका थिए।
स्थानीय नागरिकका समस्या तथा मलखाद अभावलगायत विषयमा छलफल गर्न आयोजित कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा राति करिब ८स्१५ बजे उक्त घटना भएको हो। घटनापछि कार्यक्रममा सहभागी स्थानीयवासी तथा सहयोगीहरूले उनीहरूलाई पछ्याउने प्रयास गरेका थिए। तर अँध्यारोको फाइदा उठाउँदै उनीहरू नजिकैको उखुबारीतर्फ भाग्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य जनकराज भारतीले जानकारी दिए।
घटनापछि तत्काल प्रहरीलाई खबर गरिएको र संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। सांसद् पौडेलका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न मुख्य व्यक्तिको पहिचान भइसकेको छ। ‘फगु’ भनेर चिनिने एक व्यक्तिको पहिचान भए पनि समाचार तयार पार्दासम्म कसैलाई पक्राउ गरिएको छैन।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको जानकारी दिँदै उनीहरूलाई छिट्टै पक्राउ गरिने बताए।
प्रहरीले घटनाको उद्देश्य तथा यसमा संलग्न अन्य व्यक्तिको पहिचानका लागि थप अनुसन्धान भइरहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १३:३१
विराटनगर । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख तथा नेपाल सरकारका उपसचिव मिक्मार तामाङ विराटनगर विमानस्थलबाट ६ लाख ६५...
श्रावण ८ गते, २०८३ - १३:०७
काठमाडौं। संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. ...
श्रावण ८ गते, २०८३ - १२:५४
सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रतिनिधिसभा सदस्य ब...
श्रावण ८ गते, २०८३ - १२:३७
काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धा...
श्रावण ८ गते, २०८३ - १२:२७
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघ...
श्रावण ८ गते, २०८३ - १२:१६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ । राज...
श्रावण ८ गते, २०८३ - १२:०९
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको ...
श्रावण ८ गते, २०८३ - ११:४२
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो । नेपाल...
श्रावण ८ गते, २०८३ - ११:१३
तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सरकारले स्वकीय सचिवका लागि उपलब्ध गराउने तलबभत्ता तथा अन्य सुव...
श्रावण ८ गते, २०८३ - १०:५६
नेपालगन्ज। पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढेको छ । नेपालगन्ज भन्सार कार्यालय...



प्रतिकृया लेख्नुहोस्: