Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

किसानलाई परेका समस्या समाधान गर्दै कृषि विकास कार्यालय

दैलेख । लकडाउन घोषणा गरेपछि जिल्लाका किसानलाई परेका समस्या समाधानमा जिल्ला कृषि विकास कार्यालयले विशेष टोली गठन गरेर उनीहरुको बारीमै पुगेर समस्या समाधानको पहल शुरु गरेको छ । दैलेखको गुराँसे क्षेत्र तरकारी उत्पादनका हिसाबले निकै महत्वपूर्ण मानिन्छ । विशेष गरेर आलु र अन्य तरकारी उत्पादन हुने गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रबाट गत वर्ष मात्र रु २२ करोडको तरकारी जिल्ला बाहिर निर्यात भएको थियो ।

कोरोना भाइरस सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा लम्ब्याएपछि यहाँ उत्पादित तरकारीजन्य सामग्री बिक्री वितरणमा समस्या हुने हो कि भन्ने चिन्तामा किसान छन् । धेरैजसो किसानले तरकारी बजारसम्म पुर्याउ सकेका छैनन् भने उत्पादन भएका कृषि उपज वस्तुहरु जिल्ला बाहिर जान सकेका छैनन् । किसानको गुनासो बढ्न थालेपछि कृषि विकास कार्यालय दैलेखले कार्यालय प्रमुखको नेतृत्वमा विशेष टोली निर्माण गरेर किसानको बारीसम्म पुगेको हो ।

किसानलाई आवश्यक पर्ने बीउ तथा कीटनाशक औषधि उपलब्ध गराउनुका साथै उत्पादन भएका तरकारीको मन्डीसम्म कार्यालयकै गाडीमा ल्याउने सुविधा दिएपछि किसान खुशी छन् । उन्नति कृषि एग्रोफार्ममा उत्पादन भएका फर्सी र काँक्रा बजारसम्म पुर्यायाउन समस्या भएको बेला कृषि विकास कार्यालयले मन्डीसम्म पुर्याइदिएपछि सहजै बिक्री भएको किसान देवेन्द्र गोदारले बताए ।

कृषि विकास कार्यालय दैलेखको सहजीकरणमा दैलेखको महाबु गाउँपालिकामा उत्पादन भएको १८० क्विन्टल आलु सुर्खेत पठाइएको छ । किसानले गुनासो गरेको आधारमा बारीमै पुगेर कार्यालयको सवारी साधानमार्फत मन्डीसम्म तरकारी ल्याउने काम गरिदिएको कार्यालय प्रमुख तिलक पाण्डेले जानकारी दिए ।

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा दैलेख जिल्लाका विभिन्न स्थानमा सामुदायिक बीउ बैंक पकेट क्षेत्र निर्माण गरिएको छ । सोहीअनुसार दुल्लू नगरपालिका–१३ मा अहिले रु १० लाख सहयोगमा सहकारीमार्फत प्याज, गोलभेँडा, सिमी र मकै बीउ उत्पादनसँगै रैथाने बाली जोगाउने काम पनि शुरु गरिएको छ । कृषकले उत्पादन गरेका बीउको बजारीकरणसँगै सदरमुकाम दैलेख बजारमा रहेका बिक्री केन्द्रसम्म बीउ ल्याइदिने काम पनि कृषि विकास कार्यालय दैलेखले सञ्चालन गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy