Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

सरकारसँग एनसेलको नयाँ टकराव, प्रधानमन्त्री कार्यालयमा पुग्यो पुनरावलोकनको निवेदन

खबरडबली संवाददाता

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्टि जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावलोकनका लागि निवेदन दिएको छ। कम्पनीले ती सर्तलाई अन्यायपूर्ण, विभेदकारी र कानुनविपरीत भएको दाबी गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले १६ भदौ २०८१ देखि लागू हुने गरी एनसेलको मोबाइल सेवा अनुमतिपत्र पाँच वर्षका लागि नवीकरण गरेको थियो। तर नवीकरणसँगै थपिएका दुई सर्तका कारण आफ्नो व्यवसाय, लगानी र सेवा सञ्चालनमा प्रत्यक्ष असर पर्ने भन्दै कम्पनीले सरकारसँग निर्णय सच्याउन आग्रह गरेको हो।

एनसेलले सबैभन्दा ठूलो आपत्ति नवीकरण शुल्कको बाँकी किस्तामा वार्षिक १० प्रतिशत ब्याज तिर्नुपर्ने व्यवस्था र हालको सेयर स्वामित्व संरचनामा कुनै परिवर्तन गर्न नपाइने सर्त माथि जनाएको छ। कम्पनीका अनुसार यी दुवै सर्त संविधानले प्रत्याभूत गरेको सम्पत्तिको अधिकार र व्यवसाय सञ्चालनको स्वतन्त्रताको भावना विपरीत छन्।

कम्पनीले नेपाल टेलिकमको अनुमतिपत्र नवीकरणका क्रममा यस्ता सर्त नलगाइएको तर आफूलाई मात्रै लागू गरिएकाले सरकारले विभेदपूर्ण व्यवहार गरेको दाबी गरेको छ। साथै, दूरसञ्चार नियमावलीको संशोधन पनि पछाडिको मितिबाट लागू हुने गरी ल्याइएको भन्दै त्यसले आफूलाई लक्षित गरेको आरोप लगाएको छ।

एनसेलले हाल एक करोड ४० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाखभन्दा बढीलाई रोजगारी दिएको र मुलुकका प्रमुख करदातामध्ये आफू पनि रहेको उल्लेख गर्दै विवाद समाधान नभए दूरसञ्चार क्षेत्रमा नै नकारात्मक असर पर्न सक्ने चेतावनी दिएको छ।

कम्पनीका अनुसार सेवा सञ्चालनमा अवरोध आए दुर्गम क्षेत्रका नागरिक सञ्चार सेवाबाट वञ्चित हुन सक्ने, साथै नेपालको लगानी वातावरणबारे अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश जाने जोखिम पनि छ। त्यसैले विवादलाई कानुनी र व्यावसायिक ढंगले समाधान गर्नुपर्ने आवश्यकता रहेको एनसेलको भनाइ छ।

विवाद समाधानका लागि कम्पनीले नयाँ प्रस्ताव पनि अघि सारेको छ। एनसेलले आफ्नो ५० प्रतिशतभन्दा बढी स्वामित्व नेपाली नागरिकको हातमा ल्याउने, सर्वसाधारणलाई सेयर निष्कासन गर्ने र सञ्चालक समितिमा सार्वजनिक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव सरकारसमक्ष राखेको छ। उचित नीतिगत निकास प्राप्त भए ५जी सेवा र डिजिटल पूर्वाधारमा थप लगानी गर्न तयार रहेको कम्पनीले जनाएको छ।

विवादको पृष्ठभूमि

एनसेलको ८० प्रतिशत सेयर यसअघि मलेसियाली कम्पनी आजियाटा इन्भेस्टमेन्ट यूकेको स्वामित्वमा थियो। उक्त कम्पनीले आफ्नो स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको लगानी रहेको स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेपछि विवाद सुरु भएको थियो।

सेयर खरिद–बिक्रीका लागि दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति नलिइएको भन्दै सरकारले उक्त कारोबारलाई मान्यता दिएको छैन। त्यसपछि मन्त्रिपरिषद्ले २०८० फागुन ६ गते सेयर कारोबार यथास्थितिमा स्वीकार नगर्ने तथा अनुमतिपत्र नवीकरण गर्दा विद्यमान सेयर संरचना परिवर्तन गर्न नपाइने सर्त राख्ने निर्णय गरेको थियो।

सोही निर्णयका आधारमा दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण गर्दा बाँकी शुल्क किस्ताबन्दीमा तिर्ने व्यवस्था, त्यसमा वार्षिक १० प्रतिशत ब्याज र सेयर संरचना यथावत् राख्नुपर्ने सर्त समावेश गरेको थियो।

यिनै निर्णय र सर्तहरू कानुनविपरीत तथा अन्यायपूर्ण भएको दाबी गर्दै एनसेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावलोकनको औपचारिक माग दर्ता गराएको हो। कम्पनीले सरकारसँग संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन रेनकोट, लाखौंको मन जित्ने यात्रा : भाइरल भिडियोका बालबालिका र क्यामेरापछाडिको कथा

काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...

भारतबाट केरा आयात रोकिएपछि चितवनका किसान दंग, बारीमै दोब्बर मूल्य

चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...

पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, तनहुँमा ८ यात्रु घाइते

तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...

निर्वाचन क्षेत्रमै लडे रास्वपा सांसद गोविन्द पन्थी, सामान्य घाइते

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...

सरकारसँग एनसेलको नयाँ टकराव, प्रधानमन्त्री कार्यालयमा पुग्यो पुनरावलोकनको निवेदन

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...

अर्थतन्त्र उकास्ने दौडमा प्रधानमन्त्री बालेन, उद्योगी–व्यवसायीसँग शृङ्खलाबद्ध छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...

बागमती किनार फेरिँदै : हटाइएका बस्तीमा अब पार्क, हरियाली र पदमार्ग

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...

नाबालिकाको डिम्ब कारोबार प्रकरण : एक महिला पक्राउ, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...

‘काठमाडौं र सत्ता केन्द्रित हुँदा जनता र संगठनबाट टाढियौं, यही हाम्रो ठूलो कमजोरी भयाेः प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending