Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

भारतमा कोभिड–१९ बाट ४० हजार संक्रमित, १३ सयको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन् । भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका छन् । कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन् ।। भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २९६ पुगेको छ भने ५२१ जनाको मृत्यु भएको छ ।

गुजरातमा ५ हजार ५४ जना संक्रमित भएका र २६२ जनाको मृत्यु भएको छ । राजधानी नयाँदिल्लीमा ४ हजार १२२ जना संक्रमित भएका मध्ये ६४ जनाको ज्यान गएको छ । एक हजार २५६ जनाको उपचार गरिएको छ ।

त्यसैगरी मध्यप्रदेशमा २ हजार ८४६ जनामा कोरोना पोजेटिभ देखिएकामा ६२४ जना ठीक भएका र १५१ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा ४३ जनाको मृत्यु भएको छ जहाँ २ हजार ४८७ जनामा कोरोना देखिएकामा ६८९ जना निको भएका छन् ।

भारतमा पहिलो पटक कोरोना देखिएको केरला राज्यमा ४९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । तर कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिने भारतीय गृह मन्त्रालयले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy