Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारमन्त्री डा खतिवडाको शुभकामना

काठमाडौँ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको उल्लेख गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री डा खतिवडाले सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्ने तथा यसको उपयोगकर्ता सबैलाई बधाई दिए ।

सूचना तथा सञ्चार प्रविधिको उपयोग विश्वसनीय, सुरक्षित र पहुँचयोग्य तुल्याउ न सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउँदै लगेको स्पष्ट पार्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले यस क्षेत्रमा रहेका नीतिगत झन्झट र कानूनी समस्या समाधान गर्न तथा पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोग रोक्नका लागि नयाँ ऐन तथा कानूनसमेत निर्माण भइरहेको बताए ।

सुशासनको मेरुदण्डका रुपमा रहेको पारदर्शितालाई पूर्णरुपमा कार्यान्वयन गर्न तथा भ्रष्टाचारमुक्त र चुस्त प्रशासनमार्फत छिटो छरितो एवं लागत प्रभावी सेवा प्रवाह गर्नका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग प्रभावकारी माध्यमका रुपमा स्थापित भएको उल्लेख गरे ।

सरकारले सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ मा उल्लिखित सूचना प्रविधिमार्फत देशभर सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि डिजिटल नेपाल फ्रेमवर्क पाँच वर्षभित्र पूर्णरुपमा कार्यान्वयनमा ल्याउने गरी सक्रियताका साथ कार्यक्रम लागू गरेको जानकारी दिए ।

मन्त्री खतिवडाले सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न सरकारले कानूनको निर्माण एवं संशोधन गरिरहेको उल्लेख गर्दै विश्वमा सञ्चार तथा सूचना प्रविधिको विकास द्रुततर गतिमा भइरहेको र नेपाल पनि सोही गतिमा अगाडि बढ्नका लागि सरकारले यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ता एवं कम्पनीसँग सहकार्य र सहयोगको अपेक्षा गरेको जनाए ।

विश्वव्यापीरुपमा चुनौतीका रुपमा देखिएको कोरोना भाइरसको महामारीबाट हामी सबैको जीवन सुरक्षित राख्न, यो रोगबारे सचेतना जगाउने, सूचना र जानकारी दिने तथा सतर्कता अपनाउनुपर्ने विषयसमेत सम्प्रेषण गरी जीवन रक्षाका लागि कार्य गर्न सफल भएको तथ्य पनि मन्त्री खतिवडाले उल्लेख गरे । उनले भने, “यस अवसरमा म स्वदेशी तथा विदेशी लगानीकर्ता एवं सम्बन्धित कम्पनीलाई यस प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न तथा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्न हार्दिक अपिल गर्दछु ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: