रुपन्देही । प्रदेश नं ५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेटिएपछि नागरिकमा त्रास कम गर्न सतर्कता बढाइएको हो । बन्दाबन्दीबीच रुपन्देहीका कोरोना संक्रमित युवक भारतबाट सहजै आएपछि प्रदेशका सिमानामा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवराज पोखरेलले जानकारी दिए ।
“अहिले कोही पनि आवतजावत गर्न नमिल्ने गरी सीमा नाका पूर्ण रुपमा बन्द गरिएको छ”, प्रनाउ पोखरेलले भने । प्रदेशका सबै जिल्लामा सुरक्षा समितिको बैठक बसेर सुरक्षा सतर्कता बढाउने निर्णयसमेत गरिएको उनले बताए ।
प्रवक्ता पोखरेलले प्रहरीले बन्दाबन्दीको पूर्ण पालनाका लागि विशेष निगरानी गरेको जानकारी दिए । “सबै ठाउँमा प्रहरीले हेर्न भ्याउने अवस्था छैन, नागरिक आफैँ सचेत भएमा लकडाउनको पालना हुने हो”, उनले भने,“ यस समयमा सबै मिलेर कोरोनाको जोखिम कम गर्नुपर्छ ।”,
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: