वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतकी न्यायमूर्ति रूथ बडर जिन्स्बर्गलाई मंगलबार पित्ताशयमा पथरी (ढुंगा) देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उनले बुधबार टेलिफोनबाट अदालतको सुनुवाईमा भाग लिनु हुने सर्वोच्च अदालतले जनाएको छ ।
८७ वर्षीया न्यायाधीश जिन्स्बर्गको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा बिना शल्यक्रिया पित्ताशयको पथरीको उपचार गरिएको अस्पतालले जनाएको छ । सर्वोच्च अदालतका अनुसार हाल अस्पतालमा आराम गरिरहनु भएकी जिन्स्बर्गलाई एक वा दुई दिनपछि डिस्चार्ज गरिने छ ।
जिन्स्बर्गले सोमबार र मंगलबार टेलिफोन मार्फत अदालतको सुनुवाईमा भाग लिनु भएको थियो । उनको चार पटक क्यान्सर रोगको उपचार गरिएको छ । हालसालै गत अगस्टमा पेटको ट्युमरको लागि रेडिएसन गरिएको थियो ।
विभिन्न रोगसँग लडिरहे पनि यी उदारवादी वयोवृद्ध न्यायाधीशले सन् १९९३ देखि अर्थात विगत २७ वर्षदेखि सर्वोच्च अदालतमा निरन्तर सेवा गरिरहनु भएको छ । उनलाई तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले नियुक्त गरेका थिए । कोरोना महामारीका कारण अमेरिकी सर्वोच्च अदालतमा पनि हाल टेलिफोन मार्फत मुद्दाहरुको सुनुवाई हुने गरेको छ ।
जिन्स्बर्गले आफूलाई स्वास्थ्य अवस्थाले साथ दिएमा ९० वर्षको उमेरसम्म सर्वोच्च अदालतमा सेवा गर्ने बताएका छन् । संयुक्तराज्य अमेरिकामा सर्वोच्च अदालतमा आजीवन न्यायाधीश हुन सक्ने संवैधानिक प्रावधान रहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: