Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

कोभिड–१९ को ‘रेडजोन’मा परेसँगै भोजपुरमा उच्च सतर्कता

भोजपुर । भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची (रेडजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रेडजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा अन्य जिल्लाका नाकाबाट लुकीछिपी जिल्ला प्रवेश गर्नेको सङ्ख्या बढ्न थालेपछि सुरक्षामा झनै कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

जिल्लामा सङ्क्रमित मानिस भित्रन सक्ने खतरालाई मध्यनजर गर्दै यहाँका नौवटै स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको हो । उत्तरी क्षेत्रबाट जिल्ला प्रवेश गर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका, पूर्वी क्षेत्रबाट प्रवेश गर्ने अरुण र पौवादुङमा गाउँपालिका, दक्षिणी क्षेत्रबाट प्रवेश गर्ने हतुवागढी र आमचोक गाउँपलिका र पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने टेम्केमैयुङ गाउँपालिकामा रहेका सम्पूर्ण नाकामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको हो ।

त्यस्तै यसअघि जिल्ला प्रवेश गरी क्वारेन्टाइनमा बसेका मानिसमा पनि उच्च निगरानी बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहमा रहेका मानिस बसेका क्वारेन्टाइनको स्थलगत अनुगमन गरेर उनीको अवस्थाका बारेमा समेत जानकारी लिँदै आएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । प्रजिअ पुरीले भने, “भोजपुर कोराना खतराको सूचीमा परेसँगै यहाँ सुरक्षा संवेदनशीलालाई ध्यानमा राख्दै उच्च सतर्कता अनाइएको छ, जिल्ला प्रवेश गर्ने सबै स्थानीय तहका नाकामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ ।”

हतुवागढी गाउँपालिका २६ वर्षीय युवकमा यही वैशाख ११ गते कारोना सङ्क्रमण पुष्टि भएसँगै अन्य क्षेत्रका क्वारेन्टाइनमा रहेका मानिसको पनि तीव्रगतिमा आरडिटी परीक्षण भइरहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । जिल्लामा मङ्गलबारसम्म २८९ को आरडिटी परीक्षण गरिएको छ । कोरोना सङ्क्रमित युवाफेला परेकापछि उनको सम्पर्कमा रहेका परिवार तथा अन्य व्यक्ति गरी २४ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । जसमध्ये १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य आठ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । जिल्लामा ५२१ क्वारेन्टाइन, १३ आइसोलेसन वार्ड निर्माण गरिएको छ भने जसमा ३२० क्वारेन्टाइनमा र २८६ होम क्वारेन्टाइनमा राखिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending